ग्रेटर नेपालका अध्यक्षसहित तीनजना पक्राउ

ग्रेटर नेपालका अध्यक्षसहित तीनजना पक्राउ

काठमाडौं, कात्तिक २८ । कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै भारतीय रादूतावास लैनचौरमा ज्ञापनपत्र बुझाउन पुगेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल, अधिकारकर्मी मनोजकुमार राउत, आकश चन्दलाई आइतबार बिहानै प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त लैनचौरमा राखिएको प्रहरीले जनाएको छ । लामो समयदेखि कालापानीमा अतिक्रमण गरेर बसिरहेका भारतीय सेना हटाउन माग गर्दै गे्रटर नेपालका अध्यक्ष नेपालको नेतृत्वमा दूतावासमा ज्ञापन पत्र बुझाउन पुगेको थियो । यसअघि भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आएकाबेला त्रिभुवन विमानस्थलको गेटमा कालो झण्डा देखाएको आरोपमा ग्रेटर नेपालमा आवद्ध व्यक्तिहरु पक्राउ परेका थिए ।

प्रतिक्रिया