दैलेखमा ८६ प्रतिशत बालबिबाह

दैलेखमा ८६ प्रतिशत बालबिबाह

दैलेख, कात्तिक ३० । दैलेखमा ८६ प्रतिशत बालबिबाह रहेको एक तथ्यांकले देखाएको छ । दैलेखमा मंगलबार आयोजित एक कार्यक्रममा सार्वजनिक एक अध्यायनले दैलेखमा उच्च बालबिबाह रहेको देखाएको हो ।
child marriageजिल्ला महिला विकास कार्यालय र दलित मंहिला संघ दैलेखले आयोजना गरेको महिला हिंसाविरुद्धको अभियान अन्तर्गत सरोकारवालाबीच आयोजित अन्तक्र्रिया कार्यक्रममा सार्वजनिक सो तथ्यांकले जिल्लामा बालबिबाहको अवस्था निकै संकटपूर्ण देखिएको हो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सेवा केन्द्र (सोसेक) का संस्थापक अध्यक्ष हीरासिंह थापाले सोसेकको अध्यायनले बालबिबाह उच्च रहेको जानकारी दिएका हुन् । उनका अनुसार जिल्लाका ५ वटा गाविसमा गरिएको सर्वेक्षणअनुसार ४ सय ८१ बिबाह मध्ये ४ सय १४ बिबाह बालबिबाह रहेको देखिएको थियो । यो मध्ये ६३ दशमलव ७९ प्रतिशत बालिका र ३६ दशमलव २१ प्रतिशत बालक रहेका छन् । सोसेकले जिल्लाका राकमकर्णाली, लालिकाँडा, पिलाडी, चामुण्डा र सेरीमा उक्त सर्वेक्षण गरेको थियो ।
कार्यपत्र प्रस्तुत गर्दै संस्थापक अध्यक्ष थापाले नेपालमा करिब ३४ प्रतिशत विवाह १५ वर्ष नपुगेका बालबालिकाको विवाह हुने तथ्य बताएका थिए । यस्तै नेपाल जनसांख्यकी स्वास्थ्य सर्वेक्षण २०६८ अनुसार ४० प्रतिशत किशोरीको १९ वर्ष नपुग्दै विवाह हुने गरेको छ । जनगणना २०६८ अनुसार कुल विवाह मध्ये ६० दशमलव १२ प्रतिशतको बालबिबाह भएको पाइएको छ ।
यस्तै जिल्लमा घरेलु हिंसाको अवस्था पनि संकटपूर्ण रहेको तथ्यले देखाएको छ । जिल्लामा हुने हिंसा मध्ये ९६ प्रतिशत हिंसा महिला हुने गरेको छ भने २ प्रतिशत पुरुष हिंसा हुने गरेको छ । महिलामात्र नभएर हिंसाको पीडित पुरुष पनि हुने गरेको तथ्य सार्वजनिक भएको हो ।
अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले हिंसा नियन्त्रण गर्न सबैतिरबाट सहयोग हुनुपर्ने बताएका थिए । उनीहरुले हिंसाका पीडितले न्याय पाउन नसकेको भन्दै पीडकलाई कारबाही हुनुपर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले कानुन थाहा भएन कसैले पनि भन्न नपाउने बताए । उनले कानुनअनुसार पिकडलाई कारबाही हुने बताए ।
आगामी नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म हुने महिला हिंसाविरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्याममा मंगलबार दैलेखमा अन्तक्र्रिया आयोजना गरिएको हो ।

प्रतिक्रिया