जिविसले यो वर्ष १८ सडक बनाउने

जिविसले यो वर्ष १८ सडक बनाउने

दैलेख, मंसिर २ । जिल्ला विकास समितिले चालु आर्थिक वर्षमा जिल्लामा आर्थिक केन्द्र तथा दुई जिल्ला जोड्ने १८ वटा सडक निर्माणका लागि बजेट विनियोजन गरेको छ । गत कात्तिक २९ गते बसेको जिविस राजनीति संयन्त्रको बैठकले चालु आर्थिक वर्ष २०७३/०७४ मा जिविसले कार्यान्वयन गर्ने कार्यक्रमको बजेट बाँडफाँड गरेको हो ।

जिविस स्रोतबाट प्राप्त जानकारी अनुसार खिम्ती शिवालय धोवी सडकका लागि १० लाख रुपैयाँ, दैलेखबजार महाबुु कालिकोट सडकका लागि ९ लाख १९ हजार, महाबु लेक डिल्लीकोट कालिकोट सडकका लागि ९ लाख १९ हजार, लोहोरे तोलीपानी बैक दुल्लु सडकका लागि ९ लाख १९ हजार, नौमुले कालिका हुँदै जाजरकोट सडकका लागि ९ लाख १९ हजार, सिंहासैन पिपलकाृेट सडकका लागि २१ लाख ७९ हजार, खरिगैरा गैडावाज सडकका लागि ६ लाख ७९ हजार, माथिल्लो डुंगेश्वर वैक सडकका लागि ११ लाख ७९ हजार, पर्यटकीय सडक १३ लाख ८ हजार, नौमुले द्धारी सडकका लागि ११ लाख ७९ हजार, बडाभैरव वाड नम्बर ९ देखि लाँकुरी ४ गुडुल्ली जोड्ने सडकको ग्रावेल तथा ट्रयाक खोल्न ३० लाख, भनभने त्रिपानी सडक ३० लाख, चुप्रा अतुराली सेर्माकोट बडाभैरव शिखरद्धारी मन्दिरहुँदै कट्टी कृषि सडक ५० लाख, घोडावास लटाली ज्यामीरे टाकुरा ब्युराखेत सडक ३० लाख, भोटेरया डुंग्री सडक ५ लाख लमतडा हुँदै महाबु क्षेत्रीय सडक योजना ५ लाख, गिताचौर शिवालयदेखि काँशिकाँध गुराँसे सडक कालोपत्रे २५ लाख र नानपा ९ देउतीस्थानदेखि पुरानो बजार सडक २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यी योजना बाहेक जिल्लामा ग्रामिण पहुँच कार्यक्रम र्याप ३ का सडक पनि जिल्लामा बन्ने छन् ।

यस्तै जिल्लामा ग्रामिण खानेपानी योजना अन्तर्गत ८ वटा योजना कार्यान्वयन हुने स्रोतले जनाएको छ । स्रोतका अनुसार यो योजनाका लागि४ करोड ४६ लाख ५५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै जिविस अनुदानको बजेटबाट जिल्लामा १६ वटा योजना कार्यान्वयनका लागि संयन्त्रले बजेट बाँडफाँड गरेको छ । संयन्त्रले बजेट बाँडफाँड गरेसँगै योजनाका लागि उपभोक्त समिति गठन गर्न जिविसले सम्बन्धित क्षेत्रमा पत्राचार गरिसकेको कार्यक्रम अधिकृत पदम सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया