महिला समूहलाई नेतृत्व विकास तालिम

महिला समूहलाई नेतृत्व विकास तालिम

महिला तथा बालबालिका कार्यालय दैलेखले जिल्लाका ४ गाविसका ५ वटा महिला समूहका अगुवाहरुलाई ३ दिने संस्थागत विकास तथा नेतृत्व क्षमता विकास तालिम आज दैलेखमा सम्पन्न भएको छ ।
राकमको सगरमाथा महिला समूह, पिपलकोटको धारागैरा, सात्तलाको सरस्वती, नौमूलेको झरना महिला समूह र बरपिपल महिला समूहका २५ जना महिलाहरुको सहभागिता रहेको सहायक महिला विकास निरीक्षक सुकमाया बिकले जानकारी दिनुभयो ।
समूहको संस्थागत विकास, सहकारी व्यवस्थापन र महिलाको नेतृत्व क्षमता विकासका लागि समूहको दायित्व, कार्ययोजना र कार्यान्वयन प्रणाली विषयमा महिला विकास अधिकृत बिश्वमणी जोशी, महिला विकास निरीक्षक मनसरा शाही, महिला विकास निरीक्षक सुकमाया बिक र महिला विकास निरीक्षक सरला रेग्मीले प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया