साहारे आयोजना सम्पन्न भएन

साहारे आयोजना सम्पन्न भएन

दैलेख, मंसिर ४ । नारायण नगरपालिका खानेपानी तथा सरसफाई आयोजना सम्मपन्न गर्ने मिति सकिँदा आयोजना भने सम्पन्न हुन सकेको छैन । १ अगस्ट २०१३ बाट निर्माण कार्य थालिएको आयोजना ३१ जनवरी २०१५ मा सम्पन्न गर्नुपर्ने भए पनि सो मितिमा काम नसकिएपछि आयोजना सम्मपन्न गर्न समय थप गरिएकको थियो ।

थप गरिएको समय पनि यही नोभेम्बर १० सकिएको छ । नारायाण नगरपालिकाका सबै वडालाई खानेपानी वितरण गर्ने गरि निर्माणाधिन यो आयोजना ढिलाई हुनुमा निर्माण कम्पनीको समस्या रहेको खानेपानी उपभोक्त समितिको दावी छ । उपभोक्त समितिका अध्यक्ष बलराम श्रेष्ठले समयमै काम नसक्नु निर्माण कम्पनीको दोस रहेको बताए । उनले उपभोक्त समिति जसरी पनि घरमा धपानी आउनुपर्ने पक्षमा रहेको भन्दै तोकिएको मितिमा आयोजना सम्पन्न नभएपछि यो विषयमा विभागले अन्तिम निर्णय गर्ने बताए ।

आयोजना कन्सल्ट्यान्ट इन्भारोमेन्ट एन्ड रिसोर्स म्यानेजमेन्टका इन्जिनियर राज नारायण गुप्ताले तोकिएको मितिमा आयोजना सम्पन्न नभए पनि काम भने जारी रहेको बताए । उनले आगामी दिनमा के गर्ने भन्ने विषयमा निर्णय भइनसकेको जानकारी दिए । उनले अब केही दिन भित्रै क गर्ने भन्ने निर्णय हुने बताए । उनले सडकले आयोजनाका विभिन्न स्थानमा क्षति पुर्याएकाले काम सम्पन्न नभएको तर्क गरे । उता निर्माण कम्पनी चन्द्रा एण्ड बसन्त जेभीले पनि सडक निर्माणका क्रममा आयोजनामा क्षति पुगेकाले काम तोकिएको मितिमा नसकिएको बताए ।

आयोजनाको करिब ९० प्रतिशत काम सम्पन्न भएको हुने निर्माण कम्पनीले जनाएको छ । ३० किलोमिटर टाढा मुल खोलाबाट नगरपालिका १ हजार ८ सय ३ घरधुरीमा धारा जडान गरिने सो आयोजनाको हालसम्म फिल्टर ट्ंयाकीमात्र बनेका छन् । मुल खोलाबाट ३० किलोमिटर पाइप विछाउने काम सकिएको छ । इटा डाँडामा दुई वटा फिल्टर ट्ंयाकी निर्माण भइसकेका छन् भने एक टं्याकी निर्माणाधीन रहेको छ ।

वडास्तरमा धारा जोड्ने काम भइरको छ । तर सडक निर्माणका क्रममा केही स्थानमा पाईप उखेलिएकोले काममा समस्या भएको निर्माण कम्पनीको भनाई छ । सडक निर्माणकै क्रममा खुर्सानीबारीमा ब्रेक प्रेसर टं्याकी भत्किएको छ । सो टं्याकी फेरि बनाउनुपर्ने भएको निर्माण कम्पनीका कोर्डिनेटर खगेन्द्र शाहीले बताए । यस्तै इटा डाँडामा सेडिमेन्टेसन टं्याकी निर्माणमा स्थानीयको अवरोध भएको छ । स्थानीयले सडक निर्माणको रकम दिएमात्र टं्याकी बनाउने दिने भन्दै अवरोध गरेको उनको भनाई छ । स्थानीयको अवरोध, सडक निर्माणका क्रममा ट््ंयाकी भत्एिको र निर्माणको सुस्त गतिका कारण आयोजना समयमा सम्पन्न नभएको हो ।

आयोजना समयमै सम्पन्न नहुँदा निर्माण कम्पनीलाई पेनाल्टी लाग्न सक्ने उपभोक्त समितिका अध्यक्ष श्रेष्ठको भनाई छ । उनले पेनाल्टी लगाउने समितिको चाहाना नभए पनि आयोजना जसी पनि सम्पन्न गर्नुपर्ने बताए ।

प्रतिक्रिया