एकैपटक तीन बच्च जन्मिदा परिवारमा चिन्ता

एकैपटक तीन बच्च जन्मिदा परिवारमा चिन्ता

सिरहा– तराईको अतिविपन्न समुदायकी २६ वर्षीया बुद्धनी सदायले एकै पटकमा तीनवटा बच्चा जन्माएकी छिन् । एकै पटक तीन बच्चा जम्माउनु नयाँ विषय होइन । तर सदाय परिवारमा गरीबीका कारण तीनवटा बच्चाको जन्मले खुसीसँगै चिन्ता ल्याएको छ । तीनमध्ये दुई छोरा र एक छोरी रहेका छन् ।

बुद्धनी र उनका श्रीमान पवनले गरेको दैनिक ज्यालामजदुरीबाट गुजारा चलाउँदै आएका सदाय परिवारलाई तीनवटा नानीहरु कसरी हुर्काउने चिन्ताले सताउन थालेको छ ।
‘सन्तान पाएकोमा खुसी नहुने आमा काहाँ होला र ? खुसीसँगै यिनीहरुलाई कसरी हुर्काउने भन्ने चिन्ताले पिरोल्न थालेको छ; सदायले भनिन्– ‘पहिला दुवै बुढाबुढी कमाउँथ्यौ अव एकैजनाको कमाईले यी सानानानीहरुलाई कसरी हुर्काउने ?’
यसअघिका पनि सदायएका ८ वर्षिया छोरी पुजा र ५ वर्षका छोरा प्रविण छन् । सदायले भनिन्–‘उनीहरुपनि बालखा नै छन्,सम्झिदा नै मन वेचैन भएर आउँछ ।’

गर्भरहेको ७ महिनापछि गर्भमा ३ वटाबच्चा छ भन्ने सदाय परिवारले जानकारी पाएका थिए । तीनवटा वच्चा गर्भमा रहेको थाहा पाउँदा पाउँदैपनि आर्थिक अभावका कारण सुत्केरी गराउन अस्पताल जान सकेका थिएनन् ।
घरमै सुत्केरी वेथा लागेका सदायलाई धेरै पेट दुख्न थालेपछि गाउँमै गिरहत (साहु) सँग ऋण लिएर कात्तिक १९ गते वेलुका लहानस्थित सप्तऋषि अस्पताल पुर्याइएको वुद्धनीकी ससुरा छेदिया सदायले जानकारी दिए ।
उनले भने , ‘अस्पतालले तीनवटा बच्चा रहेको भन्ने थाहापाएपछि वाहिर लान भनेपनि आर्थिक अभावका कारण लग्न सकिरहेको थिइनँ, भाग्यले भोलीपल्ट विहान २० गते बच्चाहरु जन्मिए ।
जन्मेका बच्चाहरु सवै स्वस्थ भएपनि कान्छि छोरीको दाहीनेहातका औंलाहरु राम्रोसँग विकसित भएका छैन । जन्मदै दुई छोराहरु २÷२ केजी र छोरी एक केजी ५०० सय ग्रामका थिए । अहिले घरमा पनि उनीहरु स्वस्थ नै देखिएको बुद्धनीले सुनाइन् ।

तीनवटा बच्चा जन्मिएको थाहापाएपछि गाउँकै सहयोगीहरुले लाउने कपडा दिएको बुद्धनीले बताइन् । सम्पतिको नाममा सदाय परिवारको बस्ने छाप्रोबाहेक केही छैन । पवनका बुवा आमा चारजना दाजु–भाई, बुहारी, वहिनी सहित १५ जनाका परिवार आ–आफ्नो गरीखाएपनि त्यही छाप्रो वस्ने गरेका छन् ।

प्रतिक्रिया