नेपाली भूमिमा हुने भारत-चीन विरोधी गतिविधी रोक्नुपर्छः रक्षामन्त्री खाँड

नेपाली भूमिमा हुने भारत-चीन विरोधी गतिविधी रोक्नुपर्छः रक्षामन्त्री खाँड

४ मंसिर, बुटवल । रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली भूमिमा भारत र चीन विरोधी गतिविधी बढ्न थालेको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका छन् ।

नेपालको भूमि प्रयोग गर्ने अधिकार नेपालीलाई मात्र भएको भन्दै यहाँ अबान्छित गतिबिधि हुन नदिन सम्बिन्धत अधिकारीहरुलाई निर्देशन समेत दिएका छन् ।

पश्चिमाञ्चल बस ब्यबसायी संघको २२ औं साधारणसभाको बुटवलमा उद्घाटन गर्दै खाँणले मुलुकमा राजनीतिक संक्रमण लम्बिदा विकासले गति लिन नसकेको बताए ।

उनले संविधान कार्यान्वयनको चरणमा रहेकाले अब आर्थिक विकासले फड्को मार्ने उल्लेख गरे । सबै दल मिलेर संवबधान कार्यान्वयनको पक्षमा उभिनुपर्ने मन्त्री खाँणको भनाइ छ ।

नेपाली सेनाले गरिरहेको गतिविधिप्रति उच्च प्रशंसा गर्दै उनले हरेक सेनाको जिम्मेवारीप्रति आफ्नो उत्तरदायित्व रहने उल्लेख गरे । उनले नेपाल कसैको स्वार्थमा नचल्ने र दुइ छिमेकी देशमापनि शान्ति स्थायीत्व र समृद्धिको पक्षमा रहेको बताए ।

उनले नेपालको सुरक्षाका लागि छिमेकी देशहरु पनि सुरक्षित हुनुपर्ने बताए । छिमेकी मुलकहरु समृद्ध हुँदा नेपाललाई पनि फाइदा हुने भन्दै उनले छिमेकीसँग द्वन्द्व बढाउने काम कसैले नगर्न आग्रह गरे ।

 

प्रतिक्रिया