फास्ट ट्रयाक सरकार आफैंले बनाउने

फास्ट ट्रयाक सरकार आफैंले बनाउने

५ मंसिर, काठमाडौं । तराई फास्ट ट्रयाक सडक आयोजना सरकार आफैंले बनाउने र सार्वजनिक सडक सरह बनाउने निर्णय सरकारले गर्ने तयारी गरेको छ। 

संसदको विकास समिति र अर्थ समितिको सिंहदरबारमा बसेको संयुक्त बैठकमा उपस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ‘फास्ट ट्रयाक’ नेपाल सरकारले नै बनाउने प्रतिबद्धता जनाएका हुन् ।

लेखकले फास्ट ट्रयाकका लागि भारतीय कम्पनीसँग गरेको सम्झौता भंग गर्दै सरकार आफैँले निर्माण एवं सञ्चालन ल्याउन लागेको बताए।

‘फास्ट ट्रयाक अब सरकार आफैंले बनाउँछ। यसको निर्माण अब सार्वजनिक सडक सरह हुनेछ,’ उनले भने,‘ यद्यपी अफिसियल्ली निर्णय भने भइसकेको छैन।’

पुरानो भारतीय कम्पनीसँग भएको सम्झौता रद्ध गरी अब सार्वजनिक सडक सरह बनाउने गरी एउटा सुझाव समिति बनाउने निर्णय गरेका छौ,’ मन्त्री लेखकले भने,‘योजना आयोगका अध्यक्षको नेतृत्वमा बनेको सुझाव समितिबाट आएको सुझावका आधारमा योजना अघि बढाउनेछौ।’

प्रतिक्रिया