पूण सरसफई टोल घोषणा

पूण सरसफई टोल घोषणा

निरक शाही
दूल्लू, दैलेख मंसिर ५ गते पूर्ण सरसफाईमा ऐक्यवद्धता, हामी सबैको प्रतिवद्धता भन्ने मुल नाराका साथ आज वडा स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समिति दुल्लू नगरपालिका वडा नं. ९ अन्तरगतका भजनिया पोखरी, दर्थनी तथा रावलबाडा टोललाई एक भब्य कार्यक्रमका साथ पूर्णसरसफई युक्त टोल घोषणा गरिएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथी बिन्दु वर्जाचार्यले वामी पि हेल्भेटासका टिम लिडर मदन भट्ट बिदेशी पाहुना याङनेस माष्टाङ र बर्नाडिटा लाई प्रमाणिकरण प्रमाण पत्र प्रदान गरेर दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । कार्यक्रमका बिशेष अतिथी बरुनाथ योगीले भजनिया पोखरी, दर्थनी तथा रावलबाडा टोललाई पूर्ण सरसफाई टोल भएको घोषणा गर्नुभएको थियो भने कार्यक्रमका संयोजन तथा ब्यवस्थापन रमेश नाथ योगीले गर्नुभएको थियो ।

प्रतिक्रिया