बढेको तलब भत्ता भूकम्प पीडितलाई दिने सांसद गुरुङको घोषणा

          |   प्रकाशित मितिः सोमवार, मंसिर ६, २०७३     ::: 241 पटक पढिएको   |  

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले आफ्नो बढेको पारिश्रमिक भूकम्प पीडितलाई दिने घोषणा गरेका छन् ।

संसदले आइतबार मात्र सांसदहरुको तलबसुविधा बृद्धिसम्वन्धी विधेयक पास गरेको थियो । र, बढेको तलब भत्ता अनुसार सांसदले महिनामा एक लाख बढी पाउनेछन् ।

कांग्रेस संसद गुरुङले भने भूकम्पपछिको पुनर्निर्माण अघि बढ्न नसकेको र भूकम्प पीडितले राज्यबाट घोषित राहत समेत नपाएको भन्दै सांसदहरुले तलब सुविधा बृद्धि गर्नु संसदीय अभ्यास विपरित भएको बताएका छन् ।

उनले साविकको पारिश्रमिक, भत्ता एवं सुविधा बाहेक बृद्धि भएको रकम भूकम्प पीडितलाई राहतका लागि स्थापना गरिएको भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

उनले संसद सचिवालयलाई पत्र लेखेर आफ्नो बढेको तलब सिधै यो कोषमा जाने व्यवस्था गर्न समेत आग्रह गरेका छन् ।



Leave a comment

Your email address will not be published.


*