सुचनामैत्री विद्यालय आजको आवश्यकता : जिशिअ

सुचनामैत्री विद्यालय आजको आवश्यकता : जिशिअ

दैलेख, ममंसिर १० । दैलेख जिल्लाका जिल्ला शिक्षा अधिकारी विष्णु अधिकारीले जिल्लाका हरेक सामुदायिक विद्यालयलाई सुचनामैत्री वनाउन सवै क्षेत्रको सहयोग आवश्यक रहेको वताएका छन् ।
अव हरेक क्षेत्र सुशासन र पारदर्शितामा अगाडी वढिरहेको अवस्थामा सामुदायिक विद्यालयहरुले पनि त्यस्ता कार्यलाई अवलम्वन गर्नुपर्ने आवश्यकता देखिएकाले अभिभावक लगायत सरोकारवालाहरुले अव हरेक सामुदायिक विद्यालयको हरेक सुचना सहज रुपमा प्राप्त गर्न सक्ने प्रणालीको विकास शुरु गरीएको जिशिअ अधिकारीले जानकारी दिएका छन् । उनले जिल्लाका दुर्गम श्रोत केन्द्रस्तरिय वैठकहरुमा सहभागी भै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई सुचनामैत्री विद्यालय निर्माण गर्न सामुहिक निर्देशन समेत दिएका छन् ।
सामुदायिक विद्यालयको अनुगमनको क्रममा जिशिअ अधिकारीले गत सोमवार र मंगलवार चामुण्डा र दुल्लु श्रोत केन्द्रअन्र्तगतका करीव २ सय आधारभुत र माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुलाई तत्काल विद्यालयमा सुचना अधिकारी तोक्न समेत निर्देशन दिएका छन् । राजनैतिक दलको दवाव वेहोर्न वाध्य सामुदायिक विद्यालयले अवदेखि उजुरी पेटिका राख्नुपर्ने, २५ हजारभन्दा माथिको खर्च विवरण सुचना पाटीमा टांस गर्नुपर्ने जस्ता कुरा अनिवार्य अवलम्वन गर्न र त्यसका लागि विद्यालय व्यवस्थापन समितीसंग परामर्श गर्न सल्लाह दिएका छन् । सामुदायिक विद्यालयका वारेमा परेका उजुरीको वारेमा व्यवस्थापन समितीको वैठक राखी तत्काल उजुरी फछ्र्यौट गर्नुपर्ने पनि उनले निर्देशनका क्रममा जानकारी गराएका थिए । जिल्लाको साक्षरता दर ९५ प्रतिशत पुगेको र हरेक सामुदायिक विद्यालयले यस कार्यमा धेरैै ठुलो सहयोग पुर्याएको वताउदै जिशिअ अधिकारीले अव दैलेख जिल्लालाई केहि महिनाभित्र साक्षर जिल्ला घोषणा गर्ने तयारी भएकाले सामुदायिक विद्यालयसंगै सवै क्षेत्रले आ आफ्नो ठाउवाट सहयोग पुर्याउन आवश्यक रहेको वताएका थिए ।
सामुदायिक विद्यालयको अनुगमनको क्रममा जिशिअ अधिकारीले सामुदायिक विद्यालयका शौचालयहरु अत्यन्त फोहरमैला हुने र त्यसवाट वालवालिकाहरु रोगको संक्रमणको शिकार हुने अवस्था श्रृजना भएको भन्ने धेरै गुनासो आएकोले विद्यालयको वातावरणले नै पठनपाठनमा प्रभाव पार्ने भएकाले सरसफाईलाई प्राथमिकतामा राख्न र हरेक सामुदायिक विद्यालयले पोशाक र परिचयपत्र अनिवार्य गर्न प्रधानाध्यापकहरुको ध्यानाकर्षण गराएका थिए ।
सामुदायिक विद्यालय अनुगमनका क्रममा रहेका जिशिअ अधिकारीसंग शिक्षक तथा अभिभावकहरुले भौतिक पुर्वाधार र विषय शिक्षकले विद्यार्थीको पठनपाठन प्रभावित भएकोे गुनासो गर्दै त्यस कार्यको तत्काल व्यवस्थापन गर्न दवावसमेत दिएका थिए ।

प्रतिक्रिया