उपभोत्ताको सक्रियताले तीन दशक देखि खानेपानी निरन्तर

उपभोत्ताको सक्रियताले तीन दशक देखि खानेपानी निरन्तर

दैलेख, मंसिर १० । खरिगैरा ८ दुम्जाका उपभोत्ताले तीन दशक देखि निरन्तर रुपमा खानेपानी सञ्चालन गरेर उदाहरणीय काम प्रस्तुत गरेका छन् । जिल्लाका अधिकांस आयोजनाहरु संरक्षणको अभावमा प्रयोग विहिन बनिरहेका बेला यहाँका उपभोत्ताले तीन दशक देखि निरन्तर खानेपानी आयोजना सञ्चालन गरेर उदाहरणमात्र प्रस्तुत गरेनन् अरुको मुखताक्नु भन्दा आफै गरे सबै सम्भव छ भन्ने पनि सिकाएका छन् । 15204103_837065143063046_1553084219_o (2)
बनेका योजनाहरु उपभोत्ता र सरोकारवाला निकायको लापरबाहीका कारण निर्माण गरिएको ६ महिना नपुग्दै विग्रीने गरेका छन् । तर यहाँका उपभोत्ताले सक्रियता देखाएर अहिले सम्म योजनालाई जिवन्त दिएकोमा नेकपा एमाले जिल्ला अध्यक्ष रविन्द्र्र शर्माले खुशि ब्यक्त गरे । अन्य ठाउँका उपभोत्तालाई पनि यस आयोजनाको अनुगमन गराएर लैजानुपर्ने शर्माको भनाई छ । ‘विकासलाई विनास होइन संरक्षण गर्नुपर्छ’ अध्यक्ष शर्माले भने, ‘अव यस उपभोक्ताको सिको अरुले सिक्न जरुरी छ ।’
यूनिसेफले २०३९ सालमा निर्माण गरिदिएको यूनिसेफ खानेपनी योजना अहिलेसम्म पनि नियमित प्रयोग हुँदे आएको छ । खरिगैराको दुम्जा ८ का ८ घरधुरीलाई झण्डै ६ वटा धारा निर्माण गरेपछि त्यहाँका उपभोक्ताको संरक्षणमा अहिले सम्म पनि यूनिसेफ खानेपानी योजना नियमित चलाईरहेका छन् । कहिले काही केहि ठाउँमा टुट फुट भएपनि स्थानीयको सक्रियातामा उक्त योजना संरक्षणमा रहेको स्थानीय भक्तबहादुर खत्रीले बताए । केहि ठाउँमा मर्मत गर्नुपरे टोलबासीले कामको बाडफाड गरेर पालै पालो काम गर्दै आएको उनको भनाई छ ।
जिल्लाका धेरै ठाउँमा निर्माण भएको केहि वर्षमै यस्ता योजनाहरु लथालिंङ हुने गरेपनि यस टोलका बासिन्दले भने योजना निर्माण भएको ३४ वर्ष सम्म पनि त्यही योजनावाट लाभ लिँदै आएका छन् । ‘त्यतीवेला यहाँ खानेपानीको निकै समस्या थियो’ खत्रीले भने, ‘यो योजना आएपछि हामिले प्रति केजी २ रुपैयाका दरले सुर्खेतवाट सामान ढुवानी ग¥यौ र अहिले सम्म पनि यही खानेपानी उपभोग गर्दै आएका छौ ।’ त्यस समयमा जिल्लामा यातायातको पहँुच नभएकै वेला स्थानीयले पैदल यात्रावाटै सुर्खेतवाट खानेपानीका निर्माण सामाग्री ल्याएको खत्रीले स्मरण गरे । पानी संरक्षणका लागि टोलबासीले एक चौकिदार राखेर उनको पारिश्रमीक दिने गरेका छन् । चौकिदारलाई वर्षको दुईपटक दुई– दुई पाथीका दरले अन्न दिने गरेका छन् । टोल वढ्दै गएपछि यस खानेपानीले नपुगेर सामुदायिक खानेपानीको सहयोगमा केहि वर्ष अघि अर्को खानेपानी योजना निर्माण भएको छ ।

प्रतिक्रिया