वेस्तडामा पढाईमेला

वेस्तडामा पढाईमेला

दैलेख, मंसिर १० । विदयार्थीलाई पढाईप्रति रुची वढाउनका लागि यहाँको एक विद्यालयमा पढाई मेला आयोजना गरिएको छ । विहीवार दैलेखको रुम गाविसको वालकल्याण आधारभुत विद्यालयमा एक दिने पढाईमेला आयोजना गरिएको हो ।

bestdaविद्यार्थीहरुलाई खेल्दै, गाउँदै र रमाउदै पढ्न सिकाउने उदेश्यले पढाई मेलाको आयोजना गरिएको प्रधानाध्यापक निशा शाहीले बताईन् । जिल्ला शिक्षा कार्यलय दैलेखका विद्यालय निरिक्षक धिरेन्द्र शर्माले पढाईमेला दैलेखमा अहिले सम्मको नयाँ कार्यक्रम भएको बताउदै यसले विद्यार्थीको पढाई रुची वढ्ने अपेक्षा गरिएको वताए । विद्यार्थीलाई घोकाएर भन्दा पनि मनोरञ्जनात्मक क्रियाकलापवाट शिक्षण विधि गराएमा पढाई प्रति उनिहरु जागरुप हुने विद्यालय निरिक्षक शर्माले दावी गरे । ई जि आर कार्यक्रमका कार्यक्रम अधिकृत प्रमोद कुमार विष्टले पढाईमेला दैलेखका १ सय ६७ वटा ई जि आर कार्यक्रम लागु भएका विद्यालय हरुमा गरिने बताए ।

padhai melaई जि आर कार्यक्रम लागुभएका विद्यालयहरुलाई पायक पर्ने १ सय ४० स्थानमा पढाईमेला अगामि पुस १५ गते सम्म सम्पन्न गरिसक्ने उनले बताए । पढाई मेलाबाट अभिभावक प्रभाबित भयर अब बोर्डिंग स्कूलमा पढाउन पठाएका बच्चाहरुलाई विद्यालयमा पढाउने अभिभावकको भनाई छ । मेलामा विद्यार्थीहरुले पठनपाठनमा प्रयोग गर्ने पाठ्य सामाग्रीहरुको स्टल पनि राखिएको थियो । पढाई मेलामा विद्यार्थीहरुले आफुले सिकेका कराहरु गित, कविता कथा मार्फत प्रस्तुत गरेका थिए । पढाई मेलामा तीन वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएको ई जि आर कार्यक्र दैलेखका कार्यक्रम सम्योजक देवदर्शन पराजुलिले जानकारि दिए । पढाई मेलालाई विश्वशिक्षाको आर्थिक र जिल्ला शिक्षा समन्वय तथा सेवक दैलेखको सहयोगमा गरिएको थियो । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष जय बहादुर बि.क.को अध्यक्षतामा मेलाको सम्पन्न भएको थियो ।

प्रतिक्रिया