पुनः मत गणनाको माग, बन्लिन त हिलारी क्लिन्टन राष्ट्रपति ?

पुनः मत गणनाको माग, बन्लिन त हिलारी क्लिन्टन राष्ट्रपति ?

११ मंसिर, काठमाडौं । अमेरिकाको विस्कन्सिन राज्यमा राष्ट्रपति चुनावको मतको पुनःगणनाका लागि आग्रह आएको छ । ग्रीन पार्टीका राष्ट्रपति पदका उम्मेदवार जिल स्टेनले पुनः मतगणना माग गरेकी हुन् ।

विस्कन्सिनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प झिनो मत अन्तरले विजयी भएका थिए ।

विस्कन्सिन राज्यका अधिकारीहरुले पुनः मत गण्ना गर्ने नगर्ने निर्णय गरिसकेका छैनन् । तर, जिल स्टेनले भने मत गणना प्रक्रिया आगामी साताबाट सुरु हुने दाबी गरेकी छन् ।

उनले मिसिगन र पेन्सिलभेनिया राज्यमा पनि पुनः मत गणनाका लागि अनुरोध गर्ने भएकी छन् ।

तीन वटै राज्यको नतिजा उल्टिएमा डोनाल्ड ट्रम्प राष्ट्रपति बाट रोकिने छन् र हिलरी क्लिन्टनले बाजी मार्नेछिन् । तर, यो सम्भावना ज्यादै न्यून रहेको विश्लेषकहरु बताउँछन् ।

विस्कन्सिनको इलेक्टोरल कलेजमा १० मत छ भने सिसिगनको १६ र पेन्सिलभेनियाको २० मत छ ।

राष्ट्रपति चुनावमा ट्रम्पले २९० र क्लिन्टनले २३२ इलेक्टोरल मत पाएका थिए । मिसिगनको औपचारिक परिणम घोषणा भएको छैन । तर, ट्रम्पले जित्ने पक्का जस्तै छ ।

प्रतिक्रिया