हाइटीमा नेपाली सेनाले फैलाएको भनिएको हैजाका लागि बान कि मुनले माफी मागे

हाइटीमा नेपाली सेनाले फैलाएको भनिएको हैजाका लागि बान कि मुनले माफी मागे

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले  पहिलोपटक हाइटीमा सन् २०१० पछि  फैलिएको हैजाको महामारीका लागि माफी मागेका छन् । 

बीबीसीले जनाएअनुसार उक्त हैजाको महामारी मा करिब १० हजार मानिसहरुको मृत्यु भएको थियो ।  उक्त हैजा महामारीका लागि  संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापर्नाथ खटिएका नेपाली सेनालाई दोष लगाइएको छ । नेपाली सेना हाइटी पुगेपछि नोपाली सेनाको क्याम्पबाट निस्केको ढलको पाइप चुहिएर हैजा फैलिएको  आरोप लगाइएको छ ।

तर बानले हैजा फैलाएको नभइ हैजा नियन्त्रण गर्न नसकेकोमा माफि मागेको बीबीसीले जनाएको छ । राष्ट्रसंघले लामो समयदेखि आफ्नो कारण हैजा फैलिएको अस्वीकार गर्दै आएकोमा  यसै वर्षको अगस्टमा  स्वीकार गरेको थियो ।

 

प्रतिक्रिया