श्रमिकहरु लगानीका बिरोधी होइनन् ः जिफन्ट अध्यक्ष रिमाल

श्रमिकहरु लगानीका बिरोधी होइनन् ः जिफन्ट अध्यक्ष रिमाल

(श्रमिकबिरोधी कानुन र देश बिखण्डन गर्न खोज्नेको डटेर शामना गर्न जिफन्टको निर्देशन)
काठमाडौ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विष्णु रिमालले श्रमिकबिरोधी कानुन र देश विखण्डन गर्न खोज्नेहरुको बिरोधमा उत्रन श्रमिकहरुलाई निर्देशन दिएका छन् । जिफन्ट आबद्ध सदस्यहरुको केन्द्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष विष्णु रिमालले श्रमिकहरु लगानीको बिरोधी नरहेको स्पष्ट पारे । Lagani News Photoतरपनि मजदुरलाई झुक्याएर चोर बाटोबाट ल्याईएको औधोगिक व्यवसाय ऐनमा “नो वर्क नो प” चिन्ताको विषय बनेको बताए । उनले भने– काम नगरी तलब लिने कोही श्रमिकहरु छैनन् । हामी लगानीको बिरोधी होईनौं । तर नो वर्क नो पे यतिबेला छलफल र चिन्ताको विषय बनेको छ । नो वर्क नो पे भनेको श्रम गर्ने श्रमिकको अपमान हो । उनले भने ।

कारखाना बन्द भयो भने श्रमिकले तलब नलिगिदिउन् भन्ने गलत मनसाय राखेर अगाडि बढेको भन्दै उनले भने– व्यवसायीले मजदुरले काम नगरी तलब लिन्छन् भन्नु गलत छ । हामी हड्ताल, झगडा अथवा सल्लाह बिधि भित्रै रहेर गर्न चाहन्छौं । श्रमले महत्व दिएको विषय व्यवस्थापिका संसदले चाँडो पास गरोस् ।

उनले बिदेशीको इशारामा संबिधान संसोधनको विषय उठेको भन्दै पहाड र तराईको खण्डनको विषयलाई डटेर शामना गर्न पनि श्रमिकलाई निर्देशन दिएका छन् । यसको बिरोधमा सामेल हुन उनले सम्पूर्ण मजदुरलाई निर्देशन दिएका हुन् । उनले भने–शान्तीपूर्ण आन्दोलनमा सामेल होऔं । उट्पट्याङको काम हामी कसैले नगरौं । बिदेशीको इशारामा भएको संबिधान संसोधनलाई पराजित गर्नुपर्छ । यदि देशको हितमा संबिधान संसोधन गरेको भए प्रष्ट पारेर देखाउन म सरकारलाई चुनौति दिन चाहन्छु ।

कार्यक्रममा जिफन्टका महासचिव विष्णु लम्सालले इमान्दारीपूर्वक श्रमिकवर्गको हितमा सबैलाई एकजुट हुन आग्रह गरेका थिए ।

प्रतिक्रिया