प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक

प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । सरकार बनेको चार महिनापछि सार्वजनिक गरिएको विवरणमा प्रधानमन्त्री दाहालले चितवनमा एक कट्ठा र तीन तोला सुन मात्र रहेको उल्लेख गरेका छन् ।  
दाहालले उल्लेख गरेको विवरणअनुसार तीन तोला सुन पनि पैत्रिक सम्पत्ति भएको र एक कट्ठा जमिन समेत श्रीमती सिता दाहालको नाममा रहेको उल्लेख गरेका छन् । चितवनमा रहेको उक्त एक कट्ठा जमिन समेत पैत्रिक सम्पत्ति रहेको उल्लेख गरिएको छ । विवरणअनुसार दाहालले हालसम्म कुनै सम्पत्ति आफ्नो नाममा नराखेको देखिएको छ ।
उनले उल्लेख गरेको विवरणमा नगद रकम कतै देखाएका छैनन् भने कुनै बैंकमा खाता समेत छैन ।
उपप्रधानमन्त्री निधिसँग ६० तोला सुन, २९ लाख बैंक ब्यालेन्स
त्यसैगरी उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले तराईमा लगभग २० विघा पैत्रिक सम्पत्ति रहको उल्लेख गरेका छन् । उनले भक्तपुरको कटुन्जेमा अनामिका उपासक निधिका नाममा १२ लाख ५० हजार रुपैयाँमा किनेको एक रोपनी जग्गा, उनकै नाममा कटुन्जेको छुट्टा छुट्टै कित्ता रहेको १३ लाख ५० हजार मुल्यमा किनिएको ६ आना,  ६ लाख ८० हजारमा किनेको ३ आना र बकस प्राप्त ४ आना जग्गा रहेको उल्लेख छ । श्रीमतीको नाममा रहेको जग्गा तलब, भत्ता र कृषि आम्दानीबाट जम्मा गरेको किनेको विवरणमा उल्लेख छ ।
त्यसैगरी उनले विभिन्न बैंकमा गरेर २९ लाख ब्यालेन्स दाईजो उपहार र पेवाका रुपमा प्राप्त ६० तोला सुन तथा १ सय ५० तोला चाँदी रहेको उल्लेख गरेका छन् । उनले २०५४ सालमा किनेको ८ लाख रुपैयामा किनेको निशान गाडी पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

अर्थमन्त्री पनि गरिब
अर्थमन्त्री रहेका कृष्णबहादुर महराको सम्पत्ति प्रधानमन्त्री दाहालको जस्तै थोरै रहेको विवरणमा उल्लेख गरिएको छ । उनले भत्ता र तलब बापत आएको एभरेष्ट बैंकमा ८० हजार रुपैयाँ नगद, गृहजिल्ला रोल्पामा ८ रोपनी पाखो जमिन र दुई तले पुरानो घर भएको विवरण उल्लेख गरेका छन् । सरकारले आज केही राज्यमन्त्रीबाहेक सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।
कुन मन्त्रीको सम्पत्ति कति?
अर्जुन नरसिहं केसी : मन्त्री शहरी विकास

  • जग्गा : काठमाडौं गोँगबुमा १५ आना प्रतिमा केसीको र ललितपुरको सैंवुमा प्रतिमाकै नाममा ८ आना ।

नुवाकोटको विभिन्न ठाउँमा ६० रोपनी ।

 सुन : ५० तोला
चाँदी ५ सय २५ तोल
नगद : विभिन्न बैंकमा गरेर १ करोड रुपैयाँभन्दा माथि
गाडी : ३१ लाख ५० हजार रुपैयाँ बराबरको

रमेश लेखक  : भौतिक योजना तथा निमार्ण मन्त्री
जग्गा : विभिन्न ठाउँमा गरेर २० रोपनी माथि
सुन  : ३० तोला
चाँदी : ५० तोला
नगद :  ५ लाख ५० हजार रुपैयाँ

गगन थापा :स्वास्थ्य मन्त्री
जग्गा : विभिन्न ठाउँमा रहेको जग्गा बुबा र आमाको नाममा रहेको उल्लेख गरेका छन् ।
सुन : १६ तोला
चाँदी : २०० तोला
सेयर : दर्जनौं बैंक तथा हाइड्रोमा सेयर रहेको उल्लेख गरेका छन् ।

थापाले बुबा, आमा र श्रीमतीको नाममा रहेको सम्पत्ति पनि सार्वजनिक गरेका छन् ।

 

प्रतिक्रिया