नेपालगञ्जमा पुर्व सुचना प्रणाली तालिम सुरु

नेपालगञ्जमा पुर्व सुचना प्रणाली तालिम सुरु

नेपालगञ्ज पौष ५ गते -पहल परियोजनाले पुर्व सुचना प्रणाली सम्बन्धि तालिम आज नेपालगञ्जमा सुरु भएको छ । जिल्ला विपद व्यवस्थापन समितिको क्षमता विकासका लागि विपद व्यवस्थापन समितिका सदस्यहरुलाई सो तालिम दिईएको हो ।
मर्सिकोर नेपाल र यसका राष्टिय तथा अन्तराष्टिय साझेदारहरुद्धारा संचालित पहल कार्यक्रमको आयोजना र USAID को आर्थिक सहयोगमा मध्यपश्चिमाञ्चल विकास क्षेत्रका ७ जिल्ला (सुर्खेत, दैलेख, जाजरकोट, प्युठान, रोल्पा, रुकुम, सल्यान) र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रका ७ drr-npj-3जिल्ला गरी जम्मा १४ वटा उच्च पहाडी तथा पहाडी जिल्लामा सञ्चालित (पहल) कार्यक्रम अन्र्तगत मध्यपश्चिमाञ्चल विकास क्षेत्रका ७ वटा जिल्लालाई लक्षित गरि विपद जोखिम न्युनिकरणका लागि पुर्व सुचना प्रणाली को विकास र विस्तारमा सहयोग पुग्ने उद्देश्यलये तालिम संचालन गरिएको हो । सो तालिममा ७ जिल्लाका २४ जना प्रतिनिधिहरुको सहभागिता रहेको छ । तालिम होटेल रोयल बाँकेमा २०७३।०९।०५ देखि ०८ गतेसम्म सञ्चालन हुने छ । तालिमको सहजिकरण गौतमराज कर्णिकारले गरेका थिए भने तालिमको सञ्चालन क्षेत्रीय कार्यालय नेपालगञ्जका DRR Officer डम्बर सुनारले गर्नुभएको थियो ।
तालिमले उक्त जिल्लाका गा्रमिण स्तरका स्थानिय जनतासम्म यसवारे जनचेतना, विपदलाई न्युनिकरण गर्ने उपाय लगायतका विविध उद्देश्य राखेको सुनारले बताए ।

प्रतिक्रिया