रेडियो दुल्लूको दोश्रो वार्षिक उत्सव सम्पन्न

रेडियो दुल्लूको दोश्रो वार्षिक उत्सव सम्पन्न

जे रेग्मी
दुल्लू, दैलेख पौष ५ गते सामाजिक सेवा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो दूल्लू १०१.५ मेघाहर्जको दोस्रो वार्षिक उत्सव भव्य रुपमा सम्पन्न भएको छ । सामाजिक सेवा सञ्चार सहकारी संस्था लि. दुल्लूका अध्यक्ष सिताकुमारी रानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत सञ्चालक समिति सदस्य भक्तिप्रसाद उपाध्यायले गर्नु भएको थियो । radio-duulu-1कार्यक्रममा दुल्लू नगरपालिका कार्यकारी प्रमूख एवम् प्रमूख अतिथि मात्रिकाप्रसाद भट््राईले अहिले सूचना र प्रबिधिको युगमा दुल्लू जस्तो ग्रामिण क्षेत्रमा पनि यसरी सामूहिक रुपमा रेडियोको स्थापना तथा सञ्चालन प्रक्रिया गाह्रो भएता पनि सहज रुपमा सञ्चालन गरीनु सहकारी संस्थाको प्रशंसनिय कार्य भएको बताउनु भयो । साथै निष्पक्ष्य रुपमा सुचना र जानकारी गराउनु पर्नेमा जोड दिदै आफुले रेडियोलाई सक्दो सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा दुल्लू नगरपालिकामा क्रियाशिल राजनैतिक दलको तर्फबाट नेपाली काँग्रेसका सभापति टंकप्रसाद रिमाल, एमालेका रुद्रबहादुर शाही, राजमो का रत्नबहादुर खड्का ले आ—आफ्नो राजनैतिक दलबाट रेडियो दुल्लूलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता सहित शुभकामना व्यक्त गर्नुभएको थियो । द्रोणाचल क्याम्पसका प्रमूख नरेन्द्र बोहोराले शैक्षिक कार्यक्रमलाई जोड दिनुपर्ने कुरा बताउनु भयो भने इलाका मालपोत कार्यालय प्रमूख शेरबहादुर थापाले क्षेत्र नं. २ का सम्पूर्ण जग्गाको कारोबारो दुल्लूबाट हुनेगरी काम शुरु भएको जानकारी गराउनु भयो ।
साथै अध्यक्ष सीता रानाले वार्षिक उत्सवको उपलक्ष्यमा दैनिक रुपमा २ घण्टा रेडियोको समय थप गरीएको जानकारी गराउनुुका साथै आगामि दिनमा स्थनिय सांस्कृतिक, तथा चेतनामुलक कार्यक्रम थप्दै जाने बताउनु भयो ।
रेडियोमा लामो समयदेखि अनवरत रुपमा कार्यक्रम उत्पादन, प्रसारण गरे बापत शक्तिबहादुर बुढा, चन्द्र रावत, गोपि चौलागाई, निरकबहादुर शाही, दिपेन्द्र कार्की , दिपक वि.क लाई प्रशंसा पत्र सहित सम्मान गरीएको थियो । जीवराज रेग्मीले सञ्चालन गरेको उक्त कार्यक्रमको रेडियो दुल्लुले प्रत्यक्ष्य प्रशारण गरेको थियो ।

प्रतिक्रिया