किन नियमित विद्यालय जाँदैनन् दलित विद्यार्थी ?

किन नियमित विद्यालय जाँदैनन् दलित विद्यार्थी ?

दैलेख, पुस ६ । दैलेखमा दलित विद्यार्थीहरुमा कक्षा छाड्ने समस्या उच्च रहेको पाइएको छ । जिल्लाका विभिन्न विद्यालयमा गरिएको अनुगमनले दलित विद्यार्थीहरुल नियमित कक्षामा उपस्थित नभएको पाइएको हो ।

sktसामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा परियोजना लागु भएका जिल्लाका विभिन्न विद्यालयमा जिल्ला परियोजना सल्हाकार समितिले गरेको अनुगमनका क्रममा दलित विद्यार्थी विद्यालयमा नियमितरुप उपस्थित नभएको तथ्य फेला परेको हो । दलित विद्यार्थीहरु विद्यालयमा नाम लेखाउन र परीक्षा दिनमात्र विद्यालयमा आउने गरेको प्रधान अध्यापकहरु बताउँछन् ।
जन ज्योति माध्यमिक विद्यालय राकमकर्णालीमा पनि दलित विद्यार्थी नियमित रुपमा कक्षामा अनुपस्थित रहेको अनुगम समिति जनाएको छ । अन्य विद्यार्थी पनि नियमितरुपमा उपस्थित नभए पनि दलित विद्यार्थीको संख्या धेरै रहेको विद्यालयले जनाएको छ । यस्तै महादेव आधारभुत विद्यालय खड्कवाडा २ तल्लो डुंगेश्वरमा पनि दलित विद्यार्थीहरु अनुस्थित रहेको पाइयो । विद्यालयका प्रधान अध्यापक रेशम भट्टराईले विद्यार्थीका अभिभावक कामका लागि भारततिर जाने भएकाले विद्यार्थी कक्षामा नआउने गरेको बताए । उनले सामाजिक सेवा केन्द्र (सोसेक)ले यस क्षेत्रमा वाल संरक्षणमा काम गरेपछि पहिले भन्दा यो संख्यामा केही कमी भएपनि अझै दलित विद्यार्थीमा यो समस्या रहेको बताए । उनले ती विद्यार्थीलाई नियमितरुमा कक्षा ल्याउन थुप्रै पटक अभिभावकसँग छलफल गरिए पनि सफल हुन नसकेको बताए । उनले दलित तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई विद्यालयमा नियमित गराउन छुट्टै पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।

विद्यार्थी नियमितरुपमा विद्यालयमा नआउँदा उनीहरुको सिकाई उपलब्धि पनि न्युन हुने गर्छ । जसका कारण विद्यार्थी अनुर्तिण हुने समस्या जन्माउँछ । विद्यार्थीको सिकाई उपलब्धि बढाउन तथा बाल अधिकारको संरक्षण गर्न जिल्लामा सहयात्रा परियोजनामाफर्त विभिन्न क्रियाकलाप हुँदै आएका छन् । विद्यार्थीलाई नियमित बनाउन परियोजनाका  क्रियाकलापले केही हदसम्म सफल भए पनि सम्पुर्ण दलित विद्यार्थीलाई भने नियमित बनाउन सकेको छैन । अभिभावक नै बालबालिकालाई विद्यालय पठाउन तयार नभएसम्म विद्यार्थी विद्यालयमा नियमित नहुने सहयात्रा परियोजना कोअडिनेटर रत्न बुढाले बताए ।

प्रतिक्रिया