नवलपरासीमा भुमी सुधारको लागि माघ महिना भित्र आयोग गठन हुने

नवलपरासीमा भुमी सुधारको लागि माघ महिना भित्र आयोग गठन हुने

सहबान अन्सारी

नवलपरासी संसद कलवार नवलपरासी क्षेत्र न.६ का विभिन्न गाविसहरूमा किसानहरूले वर्षौ देखि जोत भोग गरिरहेको हुदाँ पनि अहिले सम्म लालपुर्जा नभएको जग्गाहरुको लागि माघ महिना भित्र आयोग गठन हुने नेपाली काग्रेस क्षेत्र न.६ का सभासद देवकरण कलवारले जानकारी दिनु भयो।

ansariनवलपरासी क्षेत्र न. ६ अन्तर्गत त्रिवेणी ,रूपौलीया,नर्सही,पक्लिहवा,कुडिया,गुठीपरसौनी,गाविसहरूमा आयोग गठन गरी जोत भोगकाआधारमा नापी नक्सा गरि लालपुर्जा वितरण गरिने संसद कलवारले बताउनु भयो। साथै सांसद कलवारले उर्जा मन्त्री माननीय जनार्दन शर्मा सित भेट गरी नारायणी नदि बाट पिडित किसानहरूको लागी विधुतिय प्रणालीबाट सिचाईको लागि करिब ३०० सय पोल र तार, १० वटा टान्सफर्मार र १०० वटा कृषि मिटर माग गरी यस बारे चाडैं ब्यवस्थापन हुने उहाले बताउनु भयो।

प्रतिक्रिया