कोहलपुरमा युवतीमाथि सामुहिक बलात्कार, २ युवक पक्राउ

कोहलपुरमा युवतीमाथि सामुहिक बलात्कार, २ युवक पक्राउ

deepak-and-prashana-panday-768x460

कोहलपुर । 

कोहलपुरमा एक युवतीमाथि सामुहिक बलात्कार भएको छ ।

बुधबार साँझ करिब ८ बजेतिर कोहलपुरको साँझानजिक अन्दाजी १८ बर्षिय किशोरीको सामुहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

बलात्कारमा संग्लन रहेको भन्दै कोहलपुर प्रहरीले २ युवकलाई पक्राउ गरेको छ । डिएसपी काफ्लेले अनुसार पक्राउ पर्नेमा कनका ७ का १८ बर्षिय मुस्कान आचार्य र सोही ठाउँका १७ बर्षिय सेर सिकर्मी रहेका छन् ।

युवकहरुले साझ घर पु¥याइदिने भन्दै आफ्नो कोठामा लगेर सामुहिक बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएका उहाँले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार युवती र युवकहरु चिनेजानेका नै हुन् । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

 

प्रतिक्रिया