३३ केजी सुनसहित तीनजना पक्राउ

३३ केजी सुनसहित तीनजना पक्राउ

gold1-586e275e3c5912-09506929

काठमाडौंः केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ३३ केजी सुनसहित तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले दुवईबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको एयर अरेबियाको विमानमा ल्याइएको अन्दाजी ३३ केजी सुनसहित तीन जनालाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रवक्ता मीरा चौधरीका अनुसार मोरङका दीनबन्धु थापा, बाँकेका गोपालबहादुर शाही र जनकपुरका सन्तोष काफ्ले सुनसहित पक्राउ परेका छन् ।

‘दुबईबाट लगेजमा सुन ल्याएको भेटिएको छ’ प्रवक्ता चौधरीले भनिन्, ‘थप अनुसन्धान भइराखेको छ ।’ सुटकेसमा ल्याइएको सुनमा १० तोलाको दरमा दुई सय ८२ पिस सुनका पाता, १९ थान औँठी र २० वटा माला छन् । बरामद सुनको बजार मूल्य १५ करोड बढी भएको प्रहरीले बताएको छ ।

प्रहरीले सुनको मालिक खोजी भइराखेको जानकारी दिएको छ ।

प्रतिक्रिया