लक्ष्मीपुरमा खेल मैदान समुदघाटन तथा क्षेत्र स्तरिय फुटबल प्रतियोगिता आज बाट

लक्ष्मीपुरमा खेल मैदान समुदघाटन तथा क्षेत्र स्तरिय फुटबल प्रतियोगिता आज बाट

सहबान अन्सारी

नवलपरासी- नवलपरासीको जिल्लाको त्रिवेणी सुस्ता ९ लक्ष्मीपुरमा खेल मैदान समुदघाटन तथा क्षेत्र स्तरिय फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ ! राष्टको लागी खेल र स्वास्थ्यको लागी खेल जस्तो नारा सहितको खेल मैदान निर्माण समितिको आयोजना तथा कालिका युवा क्लबको सहयोगमा क्षेत्रिय फुटबल प्रतियोगिताको उदघाटन कार्यक्रम आज सम्पन्न भएको छ! प्रतियोगिताको उदघाटन कार्यक्रममा सशस्त्र प्रहरीका बरिष्ठ16111216_1053155568164618_1670586507_n उपरीक्षक गोविन्द श्रेष्ठको प्रमुख अथित्यता तथा खेल मैदान निर्माण समितिका अध्यक्ष ज्ञान प्रसाद पाठक को अध्यक्षता रहेको थियो । सो अवसरमा जिल्ला खेलकुद समितिका अध्यक्ष कुमार आले त्रिवेणी सुस्ता गाविस सचिव बेल प्रसाद भण्डारी ,सुरेन्द्र प्रसाद बस्याल ,विष्णु ठकाल ,ईश्वर प्रसाद उपाध्याय ,सागर उपाध्याय लगायतहरूको उपस्थिति रहेको थियो । खेल मैदान निर्माण समितिका कोषाध्यक्ष ईश्वर प्रसाद उपध्यायको स्वागत मन्तब्य बाट सुरू भएको कार्यक्रमको संचालन सागर मणि पाण्डेले गर्नु भएको थियो । क्षेत्रिय फुटबल प्रतियोगितामा क्षेत्रका करिब १६ टिमको सहभागी रहने छ सो प्रतियोगिता ७ दिन सम्म संचालन रहने आयोजकले जानकारी दिएको छ प्रतियोगितामा प्रथम हुने टिमलाई नगद दस हजार सिल्ड र मेडल, दिृतिय हुने टिमलाई नगद पाँच हजार सिल्ड र मेडल प्राप्त गर्ने छ!

प्रतिक्रिया