शिक्षा मन्त्रीकै मनपरीले पैसावाललाई मात्रै भर्ना

शिक्षा मन्त्रीकै मनपरीले पैसावाललाई मात्रै भर्ना

काठमाडौं । शिक्षा मन्त्रालय र सम्बन्धित विश्वविद्यालयको चलखेलले यस वर्ष पनि एमबीबीएस भर्नामा निर्धारित शुल्क र मेरिट भर्ना प्रणाली पूर्ण कार्यान्वयन हुन सकेन । एमबीबीएसका लागि भर्ना हुने समय भने सकिएको छ । आजको नागरिक दैनिकमा दीपक दाहालले लेखेको समाचारमा यो उल्लेख गरिएको छ ।
छात्रवृत्ति नतिजा प्रकाशनमा ढिलाइ र शिक्षा मन्त्रालयले शुल्क पुनरावलोकन नगर्दा यस्तो अवस्था आएको हो ।

एमबीबीएस कार्यक्रम सञ्चालन गरेका त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थान आईओएम र काठमाडौं विश्वविद्यालयले गत भदौमै प्रवेश परीक्षा सिध्याए पनि कलेजहरूले योग्यताक्र (मेरिट)का विद्यार्थी छल्दा करिब पाँच महिना भर्नामै बितेको छ ।

शिक्षा मन्त्री धनीराम पौडेलले निजी ‘कलेज प्रतिनिधि बहुल’ समिति बनाएर ६८ लाख शुल्क तोक्ने प्रयास गरेपछि त्यसको चर्को विरोध भएको पनि नागरिक दैनिकमा दीपक दाहालले लेखेको समाचारमा उल्लेख छ । यो समाचारलाई नागरिकले पहिलो पृष्ठमा तीन कोलममा प्रकाशित गरेको छ ।

प्रतिक्रिया