उच्च अदालतका ८० न्यायाधीशले लिए सपथ

उच्च अदालतका ८० न्यायाधीशले लिए सपथ

५ माघ, काठमाडौं । उच्च अदालतका ८० न्यायाधीशले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीको उपस्थितिमा उच्च अदालतका सात मुख्य न्यायाधीशले सपथ गराएका हुन् । भूकम्पले सर्वोच्चको मुल भवन क्षतिग्रस्त भएकाले परिवरमा ट्रन्ट टाँगेर बनाइएको हलमा न्यायाधीशहरुको सपथ भएको थियो ।

न्यायपरिषद्ले हालै मात्र उच्च अदालतका लागि ८० न्यायाधीश सिफारिस गरेको थियो । तर, राजनीतिक भागवण्डाका आधारमा भएको भन्दै यसको चर्को विरोध भएको छ ।

नेपाल बार एशोसिएन र सरकारी वकिलहरुले नै निर्णय नसच्याए इजलास बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

 

 

प्रतिक्रिया