जिमन्याष्टिक खेलाडी राजु राई सम्मानित

जिमन्याष्टिक खेलाडी राजु राई सम्मानित

काठमाडौं, माघ ७ । हालै पुर्वान्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा सबैभन्दा धेरै स्वर्ण पदक प्राप्त गर्ने खेलाडी राजु राईलाई आज काठमाण्डौंमा सम्मानित गरियो। झापाको धुलाबारीमा भएको राष्ट्रिय जिमन्याष्टिक प्रतियोगितामा सर्बाधिक ७ वटा स्वर्ण पदक पाउन सफल खेलाडी राजु राईलाई काठमाडौंको नयांबजार टाउन ल्पानिङ स्थित गितान्जली कलेजले नगद पुरस्कार सहित सम्मान गरेको थियो।

सो अबसरमा उक्त कलेजका अध्यक्ष मोहन केसीले खेलाडी राईलाई ५ हजार नगद र सम्मानपत्र प्रदान गर्नु भएको थियो। त्यसबखत खेलाडी राईले उक्त कलेजव्दारा हालै आयोजित खेलकुद सप्ताहमा संचालन गरिएका बिभिन्न ईभेण्टमा बिजयी बिध्यार्थीहरुलाई पदकतथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो। ४ बर्षको उमेरदेखि जिमन्याष्टिक खेल्दै आएका खेलाडी राईले यसअघि बिभिन्न जिमन्याष्टिक प्रतियोगितामा पनि बिजय हासिल गरिसक्नु भटएको छ। उहां प्रशिक्षकका रुपमा जिमन्याष्टिक प्रशिक्षणमा पनि संलग्न हुनुहुन्छ। यसअघि २०४६ सालमा सम्पन्न राष्ट्रिय जिमन्याष्टिक च्याम्पियनशीपमा राजेश्वरमान स्थापितले सर्बाधिक ७ वटा स्वर्ण पदक जित्नु भएको थियो।

प्रतिक्रिया