श्रीमतीलाई मट्टीतेल खन्याएर आगो

श्रीमतीलाई मट्टीतेल खन्याएर आगो

Alisha-Khatik-aago

नेपालगन्जः सामान्य घर झगडामा एक व्यक्तिले श्रीमतीलाई ज्यूँदै आगो लगाइदिएका छन्। नेपालगन्ज-१२ खट्कनपुरुवाका २६ वर्षीय राजेन्द्र खटिकले श्रीमती अमिसा खटिकलाई मट्टितेल खन्याएर आगो लगाइदिएका हुन्।

२२ वर्षीया श्रीमती खटिकको शरीर पूरै जलेको छ। वडा प्रहरी कार्यालय नेपालगन्जका अनुसार उनको छाती, मुख, हात धेरै जलेको छ। त्यस्तै घाँटी पनि धेरै भित्रैसम्म जलेको छ ।

बिहीबार राति घर झगडा भएपछि राजेन्द्रले बलिरहेको टुकीको मट्टीतेल खन्याएर श्रीमतिको शरीरमा आगो लगाइदिएका थिए। अमिसाको अहिले भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। आगो लगाइदिएपछि राजेन्द्र फरार छन्।

केही वर्ष विदेशमा बसेर आएका राजेन्द्र र उनकी श्रीमतीबीच लामो समयदेखि झगडा हुँदै आएको थियो। उनको डेढ वर्षीया छोरी पनि छन्। प्रहरीले उनको खोजी भइरहेको जनाएको छ।

प्रतिक्रिया