ज्वाला यातायात सञ्चालनमा प्रशासनको अवरोध : प्रालि

ज्वाला यातायात सञ्चालनमा प्रशासनको अवरोध : प्रालि

दैलेख, माघ ७ । दैलेखका स्थानीय यातायात व्यवसायीले सञ्चालनमा ल्याएको दैलेख ज्वाला यातायात प्रालिका सवारी साधान सञ्चालनमा प्रशासनबाट अवरोध भएको प्रालिलले जनाएको छ । प्रालिले यातायात विभागबाट भेरी अञ्चलभरी यातायात सञ्चालनका लागि रुट अनुमति लिएर सञ्चालनमा ल्याएको यातायात सेवा सञ्चालनमा नारायण नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले अवरोध गरेको प्रालिका अध्यक्ष राजु खड्काले जनाए ।

jwalaनारायण नगरपालिकाले सदरमुकामका दुई स्थानबाट मात्र टिकट काट्न पाइने भन्दै प्रालिले नीजि पार्कीङबाट टिकट काट्न नपाइने भन्दै ज्वाला यातायातको सेवा अवरुद्ध गरेको हो । प्रालिले आफ्नो नीजि पार्कीङबाट टिकट काट्ने गरी गाडी छुटाउने गरेको थियो । यही माघ १ गतेबाट सञ्चालनमा आएको सो कम्पनीलाई नीजि पार्कीङ स्थलबाट टिकट काटेको भन्दै प्रहरीले प्रालिको टिकट काउन्टर हटाएको छ । प्रहरीले नारायण नगरपालिकाको निर्णयअनुसार ज्वाला यातायातको टिकट काउन्टर हटाइएको बताउँदै आएको छ । ज्वाला यातायात प्रालिका अध्यक्ष खड्काले आफ्नो प्रालिले यात्रुको सुविधा तथा ट्राफिक समस्या नहोस भनेर एकान्तमा पार्कीङ बनाएको भन्दै आफ्नो सेवा अवरुद्ध गरेर प्रशासनले ज्यादती गरेको बताए । उनले आफूहरु नियमअनुसार चल्न तयार भएको तर प्रशानले करोडौं लगानी भएको कम्पनीलाई डुबाउने षडयन्त्र गरेको बताए ।

अध्यक्ष खड्काले आफ्नो प्रालिले यथा स्थानबाटे सेवा फेरि सुरु गर्ने भन्दै प्रशासनबाट अवरोध भए आन्दोलन गर्ने चेतावनी दिए । उनले आफूहरु कानुनी तथा आन्दोलनको बाट जान बाध्य हुने बताए । उनले प्रशासनले आफ्नो कम्पनीलाई सुचारु गर्न सहयोग गर्नुपर्नेमा उल्टै अवरोध गरेकोमा आपत्ती जनाए । उनले सिन्डिकेट खारेज भएको वर्षाै वितेको भए पनि प्रशासन नै सिन्डिकेटलाई प्रोत्साहन गर्न लागेको आरोप लगाए ।
जिल्ला प्रहरी प्रमुख डिएसपी केदार रजौरे भने प्रालिको आरोप अस्वीकार गर्छन् । उनले जथाभावी स्थानबाट टिकट काटेर यातायात सञ्चालन गर्न नपाइने बताए । उनले नगरपालिका, टूाफिक र जिल्ला प्रशासनको स्वीकृती लिएरमात्र यातायात सञ्चालन गर्न पाइने बताए । उनले नियमअनुसार भए प्रहरीले सहयोग गर्ने बताए ।

प्रतिक्रिया