जिपको ठक्करबाट वृद्धाको मृत्यु

जिपको ठक्करबाट वृद्धाको मृत्यु

भीमदत्तनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित मछेली पुल नजिक जिपको ठक्करबाट स्थानीय एक वृद्धाको आज मृत्यु भएको छ । राजमार्ग पार गर्ने क्रममा ७० वर्षीया सेती थापामगरलाई म १ च ४४४ नंको स्कारपियो जिपले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Accident1

जिपको ठक्करबाट गम्भीर घाइते भएकी थापामगरलाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पुग्नासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले स्कारपियो जिप र चालक कैलालीको चुहा नगरपालिकाका विरुराज जैसीलाई नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया