माघे औशीको मेला नवलपरासीको त्रिबेणीमा

माघे औशीको मेला नवलपरासीको  त्रिबेणीमा

सहबान अन्सारी


Nwalparasi mela

नवलपरासीको त्रिबेणी सुस्ता १ त्रिबेणी धाममा माघे औशीको मेला शुरु भएको छ! करिब एक हप्ता सम्म चल्ने मेलामा बिशेष गरी माघे औशीको दिन त्रिबेणी धाम स्थित नारायणीमा स्नान पश्चात सुर्यको अराधना गर्दा पुण्य प्राप्त गर्ने बिश्वास गरिएको छ! एेतिहासिक एव पर्यटकिय क्षेत्र त्रिबेणी धाममा नारायणी, सोन भद्र र पुर्ण भद्र नदिको संगम स्थल भएको हुदाँ त्रिबेणी धाममा माघे औशीको मेला लाग्ने गरेको छ! औशी मेलामा नेपाल लगायत भारत बाट लाखौ श्रधालु भक्तजन हरु आउने गरेका छन! मेला तथा श्रधालु भक्तजनहरुलाई सरल र सुलभ बनाउनका लागी मेलामा करिब तिन सय सुर‌क्षा कर्मी परिचालन गरिएको साथै १४ वटा उप समिति ७० जना स्वयम् सेवक, ४ ठाउँमा स्वास्थ्य शिविर, ११ वटा सार्वजनिक शौचालय,एक एेम्बुलेन्स, बज्र दल नेपाली सेना बाट नदिमा रेस्क्यु टिम, पानीको सतह स्थिर राख्नका लागी गण्डक ब्यारेज सित सम्झौता लगायत आउने भक्तजनहरुको लागी सुबिधाको लागी ब्वस्था गरिएको औशी मेला ब्यवस्थापन समितिका अध्यक्ष बेल प्रसाद भण्डारीले बताए! औशी मेलामा स्नान तथा अवलोकनका लागी नेपाल लगायत भारतको बिभिन्न ठाउँहरु बाट करिब ५ लाख श्रधालु भक्तजनहरु आउने भण्डारीले दाबी गर्नु भयो !

प्रतिक्रिया