परसौनी गा.वि.स.मा खेल सामग्री बितरण

परसौनी गा.वि.स.मा खेल सामग्री बितरण

सहबान अन्सारी नवलपरासीको गुठी परसौनी गा.वि.स.मा खेल सामग्री बितरण गरिएको हो! गुठी परसौनी गा.वि.स.का सहायक राम बहादुर क्षेत्रीको प्रमुख अथित्यता तथा गुठी परसौनी गा.वि.स.स्तरिय बाल संजालका अध्यक्ष सागर पौडेलको अध्यक्षता रहेको बितरण कार्यक्रममा पार्वती अधिकारी, बच्चाराजभर, दिलिप गुप्ता, राम हरि उपाध्याय,अशोक यादव लगायत हरुको सहभागीता रहेको कार्यक्रमको संचालन साधना राजभरले गर्नु भएको थियो! गुठी परसौनी गा.वि.स.अन्तर्गत करिब ११ बाल क्लबहरुलाई भलिबल, क्यारम बोर्ड, नेट,डोरी लगायतका सामग्रीहरु बितरण गरिएको हो

प्रतिक्रिया