लोकमानमाथि चारवटा अपराधमा कारवाही गर्न सकिने

लोकमानमाथि चारवटा अपराधमा कारवाही गर्न सकिने

१७ माघ, काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट बर्खास्तीमा परेका अख्तियारका पूर्वप्रमुख लोकमानसिंह कार्कीमाथि विभिन्न ४ वटा अपराधमा मुद्दा चलाउन सकिने संसदको महाअभियोग सिफारिस समितिले निचोड निकालेको छ ।

व्यवस्थापिका संसद अन्तरगत गठित महाअभियोग सिफारिस समितिमा भएको छलफलमा कार्कीमाथि विभिन्न चार वटा मुद्दाहरुमा कारवाही अगाडि बढाउन सकिने निश्कर्ष निकालिएको हो ।

कार्कीमाथि भ्रष्टाचार निवारण ऐन, राज्यविरुद्धको अपराध सम्बन्धी ऐन, कीर्ते कागजको महल र जासुसी ऐन अनुसार कारवाही गर्न सकिने समितिको ठहर छ ।

लोकमानसिंहलाई अख्तियारबाट पद मुक्त गर्ने सम्बन्धमा अदालतले निर्णय गरिसकेकाले बोलिरहनु नपर्ने महाअभियोग सिफारिस समितिको बुझाइ छ । तर, लोकमानले महाअभियोगका उठाइएका विषयमा उल्लेखित कार्यहरु गरेको ठहर समितिको छ ।

यद्यपि समितिले सिफारिसलाई अन्तिम रुप दिन अझै बाँकी छ । संसदमा लोकमानविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि सो प्रस्तावलाई संसदले अहिले सिफारिस समितिमा पठाएको छ

प्रतिक्रिया