नवलपरासीको बैदौलमा गा.वि.स. स्तरिय क्रिकेट प्रतियोगीता आजबाट शुरु

नवलपरासीको बैदौलमा गा.वि.स. स्तरिय क्रिकेट प्रतियोगीता आजबाट शुरु

16441593_1066181283528713_876125562_n

नवलपरासी

नवलपरासीको बैदौलमा गा.वि.स. स्तरिय क्रिकेट प्रतियोगीता आजबाट शुरु भएको छ । स्वास्थ्यको लागी खेल तथा राष्ट्रको लागी खेल जस्तो नारा सहित बैदौली युवा संजाल बैदौलीको आयोजनामा रहेको क्रिकेट प्रतियोगीताको उदघाटन कार्यक्रममा समाज सेवी सुरज शाहको प्रमुख अथित्यता तथा गा.वि.स. सचिव भगवती प्रसाद कुर्मीको अध्यक्षता रहेको थियो कार्यक्रममा बैदौली प्रहरी चौकीका ईन्चार्ज अरुण कुमार महतो सशस्त्र सिमा बलका कमल बस्नेत, दिपनारायण गौड, उमाशंकर कुर्मी, अलि अन्सारी, राज्श सिहं, रामाशंकर राजभर लगायत हरुको सहभागिता रहेको थियो । क्रिकेट प्रतियोगीतामा गा.वि.स.भरीका करिब १६ टिमको सहभागिता रहने छ बिजयी टिमलाई १५ हजार नगद सहित शिल्ड र मेडल तथा उपबिजेतालाई १० हजार नगद सहित शिल्ड र मेडल प्रदान गरिने छ क्रिकेट प्रतियोगीता करिब एक हप्ता जारी रहने आयोजकले जानकारी दिएको छ!

सहबान अन्सारी

प्रतिक्रिया