व्यापारी अटेरी, नगरपालिका अन्धो !

व्यापारी अटेरी, नगरपालिका अन्धो !

दैलेख, माघ १७ । दैलेखको सदरमुकाम दैलेख बजारका सडकपेटीमा सामान राख्नु यहाँका व्यापारीको परम्परा नै हो । नियमन गर्ने निकाय नारायण नगरपालिकाले आँखा चिम्लिएपछि व्यापारी झनै हौसिएका छन् । सडकपेटीका सामान नहटाएर नगरपालिकालाई कुनै फाइदा भएको छैन भने व्यापारीलाई फाइदैफाइदा भएको छ । नगरपालिकाको लापरबाही र व्यापारीको मनोमानीले बटुवा मारमा परेका छन् भने बजार कुरुप बनेको छ ।
साँघुरो बजारका सडकपेटीमा सामान भएपछि बटुवालाई सास्ती भएको बताउँछन् नारायण नगरपालिका ७ का नमराज थापा । नगरपालिकाले यस्ता व्यापारीलाई कारबाही गर्नुपर्ने उनका धारणा छ । नारायण नगरपालिकाका कार्यकारी अधिकृत भक्त मल्ल पनि व्यापारीकाृृे अटेरीले बजार कुरुप बनेको स्वीकार गर्छन् । उनले भने, नगरपालिकाले विभिन्न सयममा माइकिंग गरेर सडकपेटीमा सामान नराख्न भनेका छौं तर नगरवासीले टेर्दैनन् । उनले अटेरी गर्नेलाई स्थानीय स्वायत्त शासन ऐनअनुसार नगरपालिकाले कारबाही गर्ने बताए । कार्यकारी अधिृकतले कारबाही गर्ने बताए पनि हालसम्म नगरपालिकाले सडकपेटीमा सामान राखे वापत कसैलाई कारबाही भने गरेको छैन । नगरपालिकाले झारा टार्ने हिसाबले वर्षमा एकदुईपटक माइकिंग गरेर आफ्नो कर्तव्य पुरा गर्दै आएको सरोकारवाला बताउँछन् ।

तस्वीर : टोपेन्द्रकुमार थापा
तस्वीर : टोपेन्द्रकुमार थापा

बजारका सडकपेटीमा सामान राख्ने, निर्माण सामाग्री राख्ने र फुटपाथमा व्यापार गर्नेलाई नगरपालिकाले कारबाही गर्न सक्ने अधिकार छ । उसको कर्तव्य पनि बजार व्यवस्थित गर्नु हो । तर, निययमक निकाय र व्यापारीको लापरबाहीले बाटोमा हिड्न मुस्कील भएको एक बटुवा हेमशंकर अधिकारीले बताए । उनले नगरपालिकाले आफ्नो कर्तव्य पुरा नगरेको तर्क गरे ।
व्यापारीहरुको छाता संगठन उद्योग वाणिज्य संघ दैलेखले पनि सडकपेटीका सामान हटाउन आफ्ना व्यापारीलाई प्रेरित गर्नुपर्ने हो । तर संघ पनि यो विषयमा चुप बसेको सरोकारवालाको भनाई छ । उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष शान्ति शर्माको मोबाइल बन्द भएकाले उनीसँग यो विषयमा कुरा गर्न सकिएन भने सचिब नरेन्द्र थापाले कुनै प्रतिक्रिया दिन मानेनन् ।

प्रतिक्रिया