मदार बाबा मेलाको लागी सम्पुर्ण तयारी पुरा

मदार बाबा मेलाको लागी  सम्पुर्ण तयारी पुरा

16506875_1070462456433929_1952999128_n

सहबान अन्सारी

नवलपरासीको कुडिया ७ महलबारीमा मदार बाबा मेलाको लागी सम्पुर्ण तयारी पुरा भएको छ! मेलालाई सफल तथा श्रधालु भक्त जनहरुलाई सहज बनाउनका लागी मेलाको सबै तयारी पुर्ण रुपमा गरिएको मदरसा ईस्लामिया कुत्बुल शाह बाबा समितिले जनाएको छ! आयोजीत पत्रकार सम्मेलनमा मेलाको सबै तयारी पुरा गरेको मदार बाबा मेला ब्यवस्थापन समितिका संयोजक जमालुदिन अन्सारीले जानकारी दिए! आस्थाको केन्द्र रहको बदिउदिन जिन्दा शाह बाबाको यो ६०० औं मेला हो बाबाको मुख्य मजार महलबारी देखी करिब ९ किलोमिटर टाढा पहाडमा अवस्थित रहेको हुदाँ बाबाको मुख्य स्थल सम्म पुगेपछि मनोकामना पुरा हुने विश्वास रहेको छ! मदार मेलामा मुस्लिम र हिन्दु धर्मालम्बिहरुको समावेशी सहभागिता रहने गर्दछ! मेलामा हरेक साल नेपाल लगायत भारतको बिभिन्न ठाउँहरुबाट करिब १५ लाख भन्दा बढी भक्तजनहरु आउने गरेका छन! मदार मेला फाल्गुन ५ गते देखी १४ गते सम्म संचालन रहने अन्सारीले बताए!

प्रतिक्रिया