नवलपरासीको सोमनीमा खेल कुद प्रतियोगीता २०७३ को उदघाटन कार्यक्रम सम्पन्न

नवलपरासीको सोमनीमा खेल कुद  प्रतियोगीता २०७३ को  उदघाटन कार्यक्रम सम्पन्न

16650339_1071963226283852_1073469122_n
सहबान अन्सारी

नवलपरासीको सोमनीमा १९ औं बेलाटारी स्रोत केन्द्र स्तरिय आधारभुत तह खेल कुद प्रतियोगीता २०७३ को उदघाटन कार्यक्रम सम्पन्न गरियो । स्वास्थ्यको लागी खेल राष्ट्रको लागी खेल जस्तो नारा सहित श्री महेन्द्र माध्यमिक विध्यालय सोमनी आयोजनामा रहेको स्रोत केन्द्र स्तरिय आधारभुत तह खेलकुद प्रतियोगीताको उदघाटन कार्यक्रममा विध्यालय ब्यवस्थापन समितिका अध्यक्ष जय गोबिन्द यादवको अध्यक्षता तथा नेपाली काग्रेस क्षेत्र न.६ का सांसद देवकरन प्रसाद कलवारको प्रमुख अथित्यता रहेको थियो! कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी चेतनशिल लम्साल, जिल्ला खेलकुद समितिका अध्यक्ष कुमार आले, बेलाटारी स्रोत केन्द्रका स्रोत ब्यक्ति दधिराम शर्मा, उखु उत्पादन कृषक समितिका अध्यक्ष उमेश यादव, दुध नाथ गुप्ता, श्याम बदन हरिजन,सन्घर्ष जायसवाल, पदम बहादुर पुन लगायत हरुको सहभागीता रहेको कार्यक्रमको संचालन नन्दु प्रसाद यादवले गर्नु भएको थियो! स्रोत केन्द्र स्तरिय आधारभुत प्रतियोगीता स्रोत केन्द्रका करिब ५७ विधयालयहरुको सहभागिता रहने छ प्रतियोगीता करिब ४ दिन जारी रहने आयोजकले जानकारी दिएको छ !

प्रतिक्रिया