कारले ठक्कर दिदा एक जना बालिका गम्भीर घाइते

कारले ठक्कर दिदा एक जना बालिका गम्भीर घाइते

– हबान अन्सारी

नवलपरासी

नवलपरासी को जमुनीया १ मा कारले ठक्कर दिदा एक जना बालिका गम्भीर घाइते भएकी छिन । जमुनियाको भित्री सडकखण्ड अन्तर्गत जमुनावारीमा आज विहान सेमरी बाट बर्दघाट तर्फ आउदै गरेको बा १३ च ८८२५ नम्बरको कारले बिपरित दिशा बाट आउदै गरेको पैदल यात्रीलाई ठक्कर दिदाँ जमुनिया १ जमुनावारी बस्ने ६ बर्षिय सानिया खातुन गम्भीर घाइते भएकी छिन । कारको ठक्करबाट गम्भीर घाइते भएकी खातुनलाई उपचारको लागी मेडिकल कालेज भैरहवा पठाईएको ईलाका प्रहरी कार्यालय सेमरीले जनाएको छ । कार र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया