‘जेठ १ मा निर्वाचन, फागुन ८ भित्रै मिति तय’

‘जेठ १ मा निर्वाचन, फागुन ८ भित्रै मिति तय’

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच लामो समयपछि वार्ता भएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको निवासमा भएको वार्तामा जेठ १ गते निर्वाचन गर्ने गरी फागुन ८ गतेभित्रै मिति तोक्न दुई शीर्ष नेता सहमत भएका छन् । 

लामो समयपछिको संवादहीनताको अवस्था तोड्दै भएको द्विपक्षीय छलफलमा निर्वाचनको विषयमा छलफल भएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए ।

“हामीले सरकारलाई निर्वाचनको मिति तोक्न भन्यौँ, सरकार त्यसमा सकारात्मक देखिएको छ,” उनले भने ।
त्यस्तै, उपाध्यक्ष श्रेष्ठका अनुसार चुनावमा नजाने हो भने मुलुक प्रतिगमनको दिशामा अघि बढ्ने हुँदा जसरी पनि जेठमा चुनाव गराउन दुई नेता सहमत भएका छन् ।

“जेठ १ गते निर्वाचन गराउन फागुन ८ भित्रै मिति तोक्न दाहाल–ओली सहमत हुनुभएको छन्,” उनले भने, “संविधान संशोधन प्रक्रिया पनि अघि बढाउने, चुनावी प्रक्रिया पनि नरोक्नेबारे दुई पक्षबीच छलफल भयो ।”

 

 

प्रतिक्रिया