नेपालसँग किन रिसायो चीन ?

नेपालसँग किन रिसायो चीन ?

काठमाडौं, २९ माघ – चीनद्वारा प्रस्तावित ‘वान बेल्ट वान रोड’ अवधारणा सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गर्ने प्रस्तावमा नेपाल सरकार ‘मौन’ भएपछि चीनले त्यसप्रति असन्तुष्टि जनाएको छ, आजको अन्नपुर्ण पोस्टमा खबर छ |china
सरकारी स्रोतका अनुसार चीनले राजनीतिक तथा कुटनीतिक तहमा भएका औपचारिक-अनौपचारिक द्विपक्षीय बैठकमा ‘वान बेल्ट वान रोड’ (ओबिओआर) अवधारणामा नेपालको सहभागिताबारे सरकारको ठोस धारणा पटक-पटक सोधेको छ।
वर्तमान सरकार गठन हुन ठिकअघि चीनले उक्त समझदारी पत्रमा हस्ताक्षरका लागि प्रस्ताव पठाएको थियो। अहिले उक्त समझदारी पत्रको मस्यौदा परराष्ट्र मन्त्रालयमा थन्किएको छ। नेपाल सरकारले उक्त मस्यौदाप्रति ठोस जवाफ चिनियाँ पक्षलाई दिन सकेको छैन ।

प्रधानमन्त्री कार्यालयले उक्त समझदारी पत्रबारे परराष्ट्र मन्त्रालयसँग सोधेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो। ‘परराष्ट्रले प्रधानमन्त्री कार्यालयलाई त्यसबारे प्रस्ट जवाफ अहिलेसम्म दिएको छैन’, जानकार अर्का सरकारी अधिकारीले भने ।
परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले ‘वान बेल्ट वान रोड’ सम्बन्धी चीनले पठाएको समझदारीपत्रबारे अध्ययन भइरहेको बताए। ‘हामी आफ्नो तर्फबाट काम गरिरहेका छौँ। अहिले नै यसबारे केही भनिहाल्ने अवस्था छैन’, उनले भने ।
चिनियाँ शीर्ष नेता लिउ छिपाओले उनको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री दाहाललगायत नेतृत्वसँग ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालको सहभागिताबारे चासो राखेका थिए।
नेपालका लागि चिनियाँ राजदूत यु होङ्ले सरकार मन्त्री तथा उच्च राजनीतिक तहमा हालै भएका भेटवार्तामा ओबिआरमा नेपालको सहभागिता सम्बन्धी सम्झौतापत्रबारे जिज्ञासा राख्ने गरेकी छिन्। तर, नेपाल सरकारले त्यसबारे जवाफ दिएको छैन ।
बेइजिङ्स्थित नेपाली दूतावासका अधिकारीसँग हुनेगरेका भेटवार्तामा चिनियाँ अधिकारीले उक्त समझदारी पत्रमा नेपालले ‘रेस्पोन्स’ नगरेको सम्बन्धमा प्रश्न गर्न थालेको अधिकारी सुनाउछन्।

 

प्रतिक्रिया