प्रहरीको विवाद अदालतमा छताछुल्ल, डीआइजी सिलवालविरुद्ध मुद्दा !

प्रहरीको विवाद अदालतमा छताछुल्ल, डीआइजी सिलवालविरुद्ध मुद्दा !

रिट निवेदक भन्छन्- धम्की नदिन डीआइजी सिलवाललाई आदेश गरीपाऊँ

३ फागुन, काठमाडौं । नेपाल प्रहरीमा देखिएको विवाद र लफडासँगै सर्वोच्च अदालतमा मुद्दाका चाङ लाग्न थालेका छन् । यसैवीच बैंकिङ कसुरको आरोपमा भीमफेदी जेलमा रहेका गुनबहादुर थापाका छोरा सागर थापाले सोमबार सर्वोच्च अदालतमा डीआइजी नवराज सिलवालविरुद्ध रिट निवेदन दर्ता गरेका छन् ।

Nawaraj-Silwalडीआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने सरकारको निर्णयविरुद्ध कपिलदेव ढकाल सुरुमा सर्वोच्च अदालत गए, जसलाई अदालतले तुरुन्तै ‘रेस्पोन्स’ गर्यो । प्रधानन्यायाधीश सुशीला कार्कीले एकल बेञ्चबाट सो रिटमाथि सुनुवाई गर्दै चन्दको नियुक्तिलाई यथास्थानमा राख्ने आदेश दिइन् ।

त्यसलगत्तै जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णयको विरोध गर्दै बरिष्ठताका आधारमा आफूलाई आइजीपी बनाउने अर्को माग लिएर डीआइजी नवराज सिलवाल पनि सर्वोच्च अदालतको ढोकामा पुगे । डीआइजी सिलवालको रिटलाई पनि प्रधानन्यायाधीश कार्कीले आफ्नै एकल बेञ्चमा पारिन् र चन्दलाई पदस्थापन नगर्न दोस्रो आदेश दिइन् ।

यी दुबै रिटबारे फागुन ८ गतेको पेशी तोकिएको छ र दुवै पक्षलाई अदालतले छलफलका लागि बोलाएको छ । यसका साथै आइजीपी नियुक्तिसम्बन्धी निर्णयको माइन्युट समेत अदालतले झिकाएको छ ।

यसरी मुद्दा पर्ने सिलसिलामै एकजना सर्वसाधारण नागरिक सागर थापाका तर्फबाट सोमबार सर्वोच्च अदालतमा डीआइजी सिलवालविरुद्ध अर्को रिट दर्ता भएको छ । थापाले आफू र आफ्नो परिवार डीआइजी सिलवालबाट अन्यायमा परेको जिकिर गर्दै रिट दर्ता गरेका हुन् । अदालतले यो रिटलाई ०८४४ नम्बरमा दर्ता गरेको छ । तथापि सिलवालको विरोधमा परेको यो निवदेनले भने पहिलेका निवेदनहरुमा जस्तो प्राथमिकता र महत्व पाएको छैन ।

रिट निवेदक थापा भन्छन्- ‘मैले कैयौं महिनादेखि गृहमन्त्रालयमा डीआइजी सिलवालविरुद्ध निवेदन दिन खोजें, तर निवेदन नै दर्ता गर्न मानेको छैन । प्रहरी महानिरीक्षकको कार्यालयले पनि दर्ता गरेर नम्बर दिन मानेको छैन, अख्तियारमा निवेदन दर्ता भए पनि अहिलेसम्म कुनै चासो देखाइएको छैन । अहिले सर्वोच्च अदालतमा धेरै प्रयासपछि निवेदन दर्ता भएको हो । तर, अदालतले मंगलबार पेशी तोकेर स्थगित गरिदिएको छ ।’

हेर्नुहोस् डीआइजी सिलवालविरुद्ध सर्वोच्चमा परेको रिट

अनलाइन खवरवाट लिएकाे हाे ।

प्रतिक्रिया