मोर्चाले नमाने पनि जेठमा चुनाव

मोर्चाले नमाने पनि जेठमा चुनाव

४ फागुन, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच मधेसी मोर्चाले नमाने पनि जेठमा स्थानीय चुनाव गर्न ‘मोटामोटी सहमति’ भएको समाचारलाई बुधबार प्रकाशित दैनिक पत्रिकाहरुले फ्रन्टपेजमा छापेका छन् । त्यस्तै नेपाल-भारत उर्जा वैठकसँग सम्बन्धित समाचारलाई पनि प्रायःपत्रिकाहरुले फ्रन्टपेजमा स्थान दिएका छन् ।

३७ लाख जनतालाई खानेपानी सुविधा नभएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले स्ववियु निर्वाचन अधिकारी अपहरणपछि मुक्त भएको समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ । त्यस्तै सरकारले आइतबार चुनाव मिति घोषणा गर्ने तयारी गरेको समाचार फ्रन्टपेजमा छापिएको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकको फ्रन्टपेजमा ६ बर्षीया बालिकाको बलात्कारपछि हत्या भएको समाचार र दोस्रो अन्तरदेशीय प्रसारण लाइन सरकारी तहमा बनाउने नेपालको प्रस्ताव भारतले अस्वीकार गरेको समाचार छापिएको छ ।

मोर्चाले नमाने पनि जेठमा चुनाव गर्न प्रमुख दलहरुबीच सहमति भएको समाचारलाई नागरिक दैनिकले प्राथमिकता दिएको छ ।

कान्तिपुर दैनिकले संविधान संशोधनमा एमाले लचक हुने संकेत देखिएको समाचारलाई महत्व दिएको छ ।

प्रमुख दलका शीर्ष नेताहरुले मधेसी मोर्चालाई मनाउन अन्तिम कसरत गर्ने समाचारलाई राजधानी दैनिकले प्राथमिकताका साथ छापेको छ ।
गोरखापत्र दैनिकको फ्रन्टपेजमा संसदीय समितिबाट निर्वाचन आयोगमा तीन आयुक्तको नाम अनुमोदन भएको समाचार प्रकाशित छ ।

स्थानीय निकाय ठप्प भएको समाचारलाई नेपाल समाचारपत्र दैनिकले फ्रन्टपेजमा छापेको छ ।

प्रतिक्रिया