फागुन १४ मै स्ववियु चुनाव गर्ने प्रमुख तीन दलको सहमति

फागुन १४ मै स्ववियु चुनाव गर्ने प्रमुख तीन दलको सहमति

४ फागुन, काठमाडौं । प्रमुख तीन दल तोकिएको मितिमै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनाव गर्न सहमत भएका छन् । छलफलमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले फागुन १४ मा स्ववियु निर्वाचन गराउने वातावरण बनाइदिन शीर्ष नेतालार्इ आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसहित बुधबार विहान बालुवाटारमा भएको छलफलमा फागुन १४ मै चुनाव गर्नु पर्नेमा जोड दिएको छ । ‘आन्तरिक कार्यतालिका अलिकति प्रभावित भएको छ । यसलाई विश्वविद्यालयले मिलाउँछ तर, निर्धारित मितिमा चुनाव गरौं भन्ने सहमति भएको छ, बैठकपछि अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले अनलाइनखबरसँग भने ।

प्रधानमन्त्री प्रचण्डले तोकिएको मितिमा स्ववियु निर्वाचन सम्पन्न गराउन सरकारकातर्फबाट सहयोग गरिने प्रतिबद्धता जनाए । ‘स्ववियु निर्वाचन भएपछि स्थानीय तहको निर्वाचनका लागि पनि मनोवैज्ञानिक प्रभाव पार्छ, यसले देश निर्वाचनतिर जाने वातावरण बन्छ, यसैले असहमतिलाई अन्त्य गरी निर्वाचन गरिनुपर्छ, उनले भने ।

कांग्रेस सभापति शेरबहादुर देउवाले फागुन १४ मै स्ववियु निर्वाचन गर्न क्याम्पसमा तालाबन्दी गर्ने समूहलाई खोल्न अनुरोध गरिने र नमाने ताला फोडेर निर्वाचनको प्रक्रिया सुरु गरिने बताए ।

एमाले अध्यक्ष ओलीले स्ववियु निर्वाचन सार्दा पार्टीले घोषणा गरेको मेची महाकाली अभियानलाई असर पुग्ने भएकाले फागुन १४ मै चुनाव गरिनुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमल्सिनाले जानकारी दिए ।

स्ववियु चुनाव फागुन १४ लाई तय भएको छ । तर, विप्लव माओवादीले चुनावको विरोध गर्दै आएको छ । उसले स्ववियु निर्वाचन अवरुद्ध पार्न विभिन्न क्याम्पसमा तालाबन्दी गरेको छ ।

 

 

प्रतिक्रिया