सोलार जडान गर्दा पनि बेखुसी !

सोलार जडान गर्दा पनि बेखुसी !

दैलेख, फागुन ५ । गाउँमा सौर्य उर्जा जडानले हुने खाने मानिसमा खुशी छाएको छ भने गरिव परिवारहरु दुःखी छन् । पैसा भएपनि सधै धुवाँ खानुपर्ने बाध्यताले सोलार जडान पछि उनीहरुमा धुँवा मुक्त भएपछि खुशी छाएको हो ।

तर सल्लीको दियालो ल्याएर खानाको जोहो गर्ने गरिव परिवार दुःखी छन् । वनमा सल्लीको दियालो (झोरो) ल्याएर गाउँमा विक्रि गरेर खाना जोहो गथ्र्यौ । आजभोली सबैका घरमा सोलार जोडेपछि कसैले दियालो किन्दैनन् । हामीलाई छाक टार्ने धौ धौ भएको लकान्द्र ९ का सिराडीका तुल दमाईले बताए । उनले भने,अब गरिवको साहरा कालापहाड नै भयो । प्रविधि विकासले हुनेखानेमा रौनकता छाएपछि गरिव परिवारको विचल्ली बनाएको उनको बुझाई रहेको छ ।

उसो त सल्लीको दियालो बालेर अध्ययन गर्ने ग्रामिण भेगका विद्यार्थी भने सोलार जडान पछि दंग छन् । सल्लाको दियालो बालेर पढदै आएका गाउ“का विद्यार्थीले सोलारको उज्यालो पाउ“दा खुशी भएका हुन् । वैकल्पिक उर्जा सोलार ग्रामिण भेगका बस्ती र घर– घरमा जडान पछि दियालोमा कमी आएको हो । सल्लाको दियालो (झोरो) बाल्नमा कमी आएपछि वनक्षेत्रका सल्लाका रुख ढल्नेमा समेत कमी आएको छ ।
उज्यालो लागी प्रयोग गरिने दियालोका कारण स्थानीय बासिन्दा नजिकैको वन क्षेत्रमा रहेको सल्लाको रुखबाट दियालो निकालेर ल्याउने गरेको सिगौडी गाविसका बखत बहादुर विकले बताए । ‘हावाहुरी चलेका बेला दियालो निकाल्ने गरेको रुख ढलेर गाई बाख्रा चराउन गएका गोठालाको मृत्यु हुने गथ्र्यौ । दियालो निकाल्नेमा कमी आएपछि रुख ढल्ने समेतमा कमी आएको छ,उनले थपे ।”सौर्य उर्जाले गर्दा वनक्षेत्र फडानी हुने कमी आएको लकान्द्र जिउनी दुदेपानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम रावत बताए । गाउँका मानिसले यसरी जथाभावी सल्लीका रुख काटमास नगर भन्दा उज्यालो लागि काट्नै प¥यो भन्थे गाउँमा सौर्य जडानपछि सल्ली दियालो निकाल्न काम रोकिएको छ ।
सौर्य उर्जाको प्यानलको गाउ“घरमा सहज पह“ुचका कारण सल्लाको दियालो बाल्नेमा कमी आएको छ, तर खोटो संकलनले सल्लाको वनक्षेत्र भने क्षति भएको ग्रामिण कृषि तथा उर्जा कम्पनीका संचालक घनश्याम भण्डारीले जानकारी दिए । उनले भने,स्थानीय तहमा टिवी रोगका लागी उपयोग मानिए सल्लाको अक्सिजन हावा खोटो संकलनले रुख सुक्दै जा“दा रोगको प्रकोप वढन् थालेको छ ।
दियालो बालेर अध्ययन गर्ने गा“उका विद्यार्थी सोलार जडान ह“ुदा पढन पाएको बताउ“छन् । ‘पहिले ÷पहिले त दियालो बालेर पढनुपर्दा धुव“ा भएर आ“खामा आ“शु आई पढन सकिदैन थियो,स्वास्थलाई पनि असर हुन्थ्यो आजभोली सोलार जडान भएदेखि पढन,लेख्न समेत सजिलो भएको विशालाका गाविसका गगनबहादुर शाहीले बताए । राती उज्यालो ह“ुदा कतिपय घरका मानिसले रातमा काम गर्छन उनले थपे । ”घरमा सोलार जडानको दिन खुशी भएर कतिपयले मानिसले त खसी काट्ने ⁄कुखुरा काट्ने गरेको सुर्योदय प्रालिका कर्मचारीले जानकारी दिए ।
तर सोलार जडानले हुने खाने मानिसमा खुशी ल्याएपनि बनबाट दियालो ल्याएर जिविकापार्जन गर्ने दलित समुदायलाई अप्ठयारो परेको तोलीजैसी गाविसका नौले वडले बताए । मालिकहरुका लागी उज्यालो र छोरा छोरीलाई पढ्नका लागी झोरो ल्याएर दिन्थ्यौ । तर सोलार जडानपछि आवाश्यक भएन के गर्ने हामीले पाउने मानो मुठी गुमेयो । गा“उघरमा सल्लीको दियालो ल्याउने दलितलाई दुई दिनको लागी उसको परिवारलाई पुग्ने अन्न दिने गरेको स्थानीय बासी बताउ“छन् ।

प्रतिक्रिया