नवलपरासीको मदार मेला आज बाट

नवलपरासीको मदार मेला आज बाट

16788386_1078671042279737_1800110718_n

सहबान अन्सारी

नवलपरासी : नवलपरासी आस्थाको मेला मदार बाबा मेला आज बाट शुरु भएको छ! नवलपरासीको कुडिया गा.वि.स.७ महलबारीमा मुस्लिम तथा हिन्दु समुदायको आस्थाको केन्द्र रहेको मदार बाबा मेला मुस्लिम तथा हिन्दु समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मेला हो! मदार बाबा मेला बदिउदिन जिन्दा शाह बाबाको ६०० अौ मेला हो ।मेलामा भक्तजनहरूलाई सरल,सुलभ र भब्य बनाउनको लागि मेलामा करिब २००सुरक्षा कर्मी परिचालन गरिएको साथै १०० जना स्वयंसेवक ,३ ठाउँमा स्वास्थ्य शिविर ,२० वटा सार्वजनिक शौचालय ,नया बाटो निर्माण लगाएत आउने भक्तजनहरूलाई विभिन्न किसीमको ब्यवस्था मेला ब्यवस्थान समितिका संयोजक जमालुदिन अन्सारीले बताए! बाबाको मुख्य मजार सम्म पुग्नको लागि महलबारी बाजार देखी करिब ९ किलोमिटर टाढा पहाडमा अवस्थित रहेको हुदा पैदल यात्रा गरी बाबाको मुख्य स्थल सम्म पुग्ने गरिन्छ ।मदार बाबा मेलामा मुस्लिम र हिन्दु धर्मावलम्बीहरूको सहभागिता रहने गर्दछ! बाबाको मजार सम्म पुगेपछी घरपरिवारमा शान्ति आउनुको साथै हरेक मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास गरिएको छ । यो मेला फागुन १४ गते सम्म संचालन रहने छ ।सो मेलामा नेपाल लगायत भारतको विभिन्न ठाउहरूबाट करिब १५ लाख भन्दा बढी भक्तजनहरू आउने अन्सारीले दाबी गर्नु भयो!

NGDC

प्रतिक्रिया