स्ववियुमा नेविसंघको खाता खुल्यो

स्ववियुमा नेविसंघको खाता खुल्यो

दैलेख, फागुन ६ । नेपाल विद्यार्थी संघले स्ववियुमा खाता खोलेको छ । दैलेखको कोटदेवल जनआदर्श क्याम्पस अवलपराजुलमा नेविसंघको सभापति सहितको प्यानलै निर्विरोध निर्वाचित भएको छ । सो क्याम्पसमा नेविसंघकी रमा विक सभापतिमा निर्विरोध निर्वाचित भएकी छन् । उनीसँगै सचिबमा सरिता मल्ल र कोषाध्यक्षमा पद्मा ओली विजयी भएकी छन् ।
५० जना विद्यार्थी रहेको सो क्याम्पसमा नेविसंघको मात्र उम्मेदवारी परेपछि निर्वाचन समितिले नेविसंघलाई विजयी घोषित गरेको हो । त्यहाँ अन्य संगठनको उपस्थिति न्युन रहेको तर उनीहरुले नेविसंघलाई समर्थन गरेको स्रोतले बताएको छ ।
यसैबीच नारायण क्याम्पस दैलेखका लागि अनेरास्ववियुले आफ्नो उम्मेदवारको टुंगो लगाएको छ । अनेरास्ववियुका तर्फबाट रेखा थापा सभापतिको उम्मेदवार टुंगो लागेको स्रोतले बतायो । स्रोतका अनुसार अनेरास्ववियु, अखिल छैटौ, नेक्राविसंघ र माओवादी विप्लव निकट विद्यार्थी संगठनबीच तालमेल भएको छ । त्रिभुवन विश्व विद्यालयले चुनावी कार्यक्रम सारेपछि नारायाण क्याम्पसमा उम्मेदवारी दर्ता भने भएको छैन । जिल्लाका अन्य ३ वटा क्याम्पसमा पनि उम्मेदवारी दर्ता भएको छैन । नारायण क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच नै प्रस्पिर्धा हुने देखिएको छ । नेविसंघका तर्फबाट सावित्री पाण्डे वा मौसम थापा मध्ये एक उम्मेदवार हुने जनाइएको छ ।

प्रतिक्रिया