वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने सरकारको घोषणा

वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने सरकारको घोषणा

qq

काठमाडौं : सरकारले लामो छलफलपछि वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ साल वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने निर्णय गरेको हो ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ माओवादी केन्द्र र नेपाली कांग्रेससँगको बैठकमा मधेसी मोर्चाले संविधान संशोधनपछि मात्र निर्वाचन मिति घोषणा गर्ने अडान नछोडेपछि सरकारले मोर्चालाई छोडेर निर्वाचन मिति घोषणा गरेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यका अनुसार सरकारले वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेको हो।

प्रतिक्रिया