संसद बैठक स्थगित, संशोधन अघि बढ्न सकेन

संसद बैठक स्थगित, संशोधन अघि बढ्न सकेन

११ फागुन, काठमाडौं । व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै नबसी स्थगित भएको छ । आज दिउँसो दुई बजे बस्ने भनिएको संसद बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।


आजको बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने तयारी थियो । सो विधेयकलाई पेश गर्नै नदिने र पेश गरिए असफल पार्ने एमालेसहित विपक्षी नौ दलले चेतावनी दिएका छन् ।मंगलबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।

 

 

प्रतिक्रिया