संशोधनमाथि संसदमा छलफल सुरु, एमाले मौन

संशोधनमाथि संसदमा छलफल सुरु, एमाले मौन

१२ फागुन, काठमाडौं । नेमकिपाका सांसदहरुको नाराबाजीका बीच संविधान संशोधन विधेयकमाथि व्यवस्थापिका संसदमा सैद्धान्तिक छलफल सुरु भएको छ ।

संशोधनको विरोध गर्दै आएको एमालेले भने ‘एक दिनका लागि’ संशोधनमाथि छलफल गर्न दिएको छ । तर, आफूहरु संशोधनमाथिको छलफलमा भाग नलिने र मौन बस्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

लगतै नेमकिपाका सांसदहरुले ‘राष्ट्रघाती संशोधन फिर्ता गर’ भन्दै नाराबाजी गरिरहेका छन् ।संसदमा कानुनमन्त्री अजयशंकर नायकले संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरे ।

अहिले विधेयकमाथि छलफल जारी छ । मधेसी मोर्चाका सांसदले पनि संशोधनमा भाग लिएका छन् ।

 

 

प्रतिक्रिया