पाल्तपानीमा खुसियाली ः खानेपानी आयोजनाले गाउकै मुहार फेरियो

पाल्तपानीमा खुसियाली ः खानेपानी आयोजनाले गाउकै मुहार फेरियो

निर्मल अधिकारी
दैलेख, नागरिकलाई स्वच्छ र सफा खानेपानीे उपलब्ध गराउनु राज्यको दायित्व हो । तर राज्यको पहूँच दुर्गम जिल्ला र पिछडिएको क्षेत्रमा अझै पुग्न सकिरहेको छैन् । जिल्ला सदरमुकाम देखि २४ कोष टाढा पिपलकोट गाविसस्थित पाल्तपानीका वासिन्दाले खानेपानीकै अभावमा लामो समय गुजारे । अधिकाँस जनजातिको बाक्लो वस्ति रहेको उक्त ठाउ जिल्लाकै विकट र दुर्गम मध्येकै एक मानिन्छ ।
News Chairperson Pani bhardai (3) News Chairperson Pani bhardai (2) News Chairperson Pani bhardai (1)उनीहरुले खानेपानी आयोजना मागका लागि विभिन्न निकायमा पहल नगरेका होइनन् । पहूँच र शक्तिका भरमा बजेट बाडफाड र योजना कार्यान्वयन हुने हाम्रो योजना तर्जुमा प्रक्रियामा ती दलित र जनजातिले उठाएका सवाल कहिल्यै पनि प्राथमिकता भित्र पर्न सकेनन् । जसले गर्दा २६ जनजाति र २ दलित घरधुरी सधै उपेक्षामा परिरहे ।
गरिवी निवारण कोषको साझेदारीमा सामाजिक सेवा केन्द्र सोसेक नेपाल, दैलेख द्धारा सञ्चालित एकिकृत सामुदायीक विकास कार्यक्रमले यस्तै उपेक्षित समुदायलाई आफ्नो लक्षित वर्ग भित्र राखे पछि उक्त समुदायमा खानेपानी योजनाका लागि तयारी गरियो । सामुदायीक संस्थाको भेलाले योजना माग गर्ने निर्णय ग¥यो । विगत लामो समय देखि खानेपानीको समस्या भोग्दै आएका पाल्तपानीवासीले गरिवी निवारण कोषबाट प्राप्त ९ लाख ७४ हजार १ सय ४७, गाउ विकास समितिको ९१ हजार ७ सय ५९, जनश्रमदान ४ लाख ७८ हजार ७ सय ७२ र जलश्रोत व्यवस्थापन कार्यक्रम, हेलभेटासको प्राविधिक सहयोगमा योजना निर्माण गरेपछि अहिले खानेपानीको समस्या टरेको छ । पाल्तपानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर बुढा मगर भन्छन् योजनाले खानेपानी मात्रै नभएर समुदायमा सरसफाई सम्बन्धि पनि चेतना जगाएको छ । योजना अन्तर्गत २८ धारा निर्माण गरियको सामाजिक परिचाक अविलाल जैसीले बताए ।
स्थानीय आवश्यकता अनुसारको योजना भए समुदायमा काम गर्न पनि सजिलो हुने अनुभव बुढाले सुनाए । खानेपानी समस्याबाट स्थानीयवासी लामो समय देखि बन्चित थिए । एक गाग्री पानीको लागि १ घण्टा टाढा डोकोमा बोकेर ल्याउनु पर्ने बाध्यता थियो । घरमै धारा जोडिने भएपछि आयोजनाको काम छिटो सक्न समुदाय लागि परेको बुढाको भनाई थियो । उनले थपे, योजना सम्पन्न गर्नका लागि लागत अनुमान अनुसारको बजेट अपुग भयो । बजेट अभाव भएर योजना अधुरो हुने सम्भावना थियो । हाम्रो सक्रियतालाई देखेर गाउ विकास समितिले थप १ लाख उपलब्ध गराउने गरेको निर्णयले समुदायलाई सजिलो भएको छ ।
समुदायका सबै घरधुरीले योजनामा जनश्रमदान गरे । हाम्रो योजना अरु कोही आएर बनाईदिने होइन् । समितिको कोषाध्यक्ष देउरुपा बुढा मगर भन्छिन् सबै मिलेर काम पनि ग¥यौ र पैसा पनि बाडेर लियौं ।
गर्भवती महिलाहरुले टाढा बाट गाग्रीमा पानी बोकेर ल्याउदा गर्भ खस्ने, आमाको ज्यान जोखिममा हुने लगाएतका समस्याले पिडित थिए । अब टाढा बाट पानी बोक्नु नपर्दा त्यस्ता समस्याबाट आमाहरु मुक्त भएको बुढाले बताईन् । उनले थपिन् घर आगनमै प्रसस्त पानी हुदाँ अहिले घरघरमा तरकारी खेतीको सुरुवात भएको छ, घर आगनहरु पनि सफा हुन थालेका छन् । पानीको अभावमा शौचालय प्रयोग नगर्ने समुदाय अहिले शौचालय प्रयोग गर्न शुरुवात गरेको उनको भनाई थियो ।
योजनामा सबै सँगै मिलेर काम गरे । महिला, पूरुष कामदारलाई समान ज्याला दिइयो । योजना निर्माण कार्य सम्पन्न भएर धारामा पानी बगेपछि पाल्तपानीवासीले खुसियाली मनाए । योजनालाई टिकाऊ बनाई राख्नका लागि मर्मत सम्भार कोषको स्थापना गरी उक्त कोषमा केही रकम वचत गर्ने उनीहरुले बताए । आयोजनालाई दिगो बनाउन १ जना चौकीदारको व्यवस्था गरेका छन् । योजनास्थलमा होर्डिङ्ग बोर्ड राखिएको छ । कति बजेट कहाँ बाट आयो सबै विवरण प्रष्ट सँग देख्न सकिन्छ । स्यावासी दिन लायक छ पाल्तपानीवासीको यो मेहेनत र उत्साहलाई !

प्रतिक्रिया